
नेट्फ्लिक्सले एक वर्ष भन्दा बढी समयदेखि केही पनि नहेरे पनि पैसा तिरिरहेकाहरुको एकाउन्ट रद्द गर्न सुरु गर्ने बताएको छ ।
सयौँ हजार सब्स्क्राइबर निष्क्रिय रहे पनि शूल्क भने तिरिरहेकाले उनीहरुको एकाउन्ट निलम्बित गर्ने तयारी सुरु भएको नेट्फ्लिक्सले जनाएको छ ।
सेवाग्राहीहरुको पैसा जोगाउनका लागि यस्तो गर्न लागिएको जनाइएको छ । नेट्फ्लिक्समा ५.९९ पाउण्डदेखि ११.९९ पाउण्ड प्रति महिना शूल्क रहेको छ ।
एक वर्षदेखि निष्क्रिय रहेका प्रयोगकर्तालाई पहिलो नोटिफिकेशन पठाएर जानकारी दिने, त्यसपछि मात्रै एकाउन्ट निलम्बित गर्ने नेट्फ्लिक्सले उल्लेख गरेको छ ।
आफ्ना ०.५ प्रतिशत प्रयोगकर्ता निष्क्रिय रहेको नेट्फ्लिक्सले जनाएको छ।