मुस्लिमहरुको महान पर्व इद उल–फित्र, घरघरमै नमाज पाठ गरी मनाईँदै

मुस्लिमहरुको महान पर्व इद उल–फित्र, घरघरमै नमाज पाठ गरी मनाईँदै
+
-

काठमाडौँ – अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशिर्वाद लिएर इद उल–फित्र पर्व मनाउँदैछन् ।

दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने गरिन्छ । आशिर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल–फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल–फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यस वर्ष शनिबार बेलुकी चन्द्रमा नदेखिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।

अरबी पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले आइतबार बेलुकी अर्थात ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १० औँ महिना मानिन्छ । यसैकारण सोमबार इद उल–फित्र पर्व मनाउन लागिएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले बताए ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण आइतबार बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित नहुने जनाइएको छ । मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल–फित्र मनाउँदैछन् ।

त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु हुन्छ । ठूलाबडाकहाँ आशीर्वाद लिँदा पनि बन्दाबन्दीको नियम नतोडिने जामे मस्जिदले जनाएको छ । घरमै रहेका ठूलाबडासँग आशिर्वाद लिई घर बाहिरकासँग फोन, सामाजिक सञ्जालमार्फत पनि लिन सकिने उनले बताए ।

यस पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखीलाई दान दिनु हो । यस पर्वमा मुसलमान धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान कुरआनमा उल्लेख रहेको छ ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखीलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । इद उल–फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको शिशुको पनि गरिनुपर्छ भन्ने नियम ग्रन्थमा छ । यो दान पनि दीनदुःखीलाई नै दिइन्छ ।

यस वर्ष गएको वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उनले बताए । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र मुसलमानहरूले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?