नेपालगञ्‍ज र सुर्खेतबाट हवाई उद्दार गर्नुअघि हुम्लामा सतर्कता,पीसीआर परीक्षण व्‍यवस्थापन गर्न माग

नेपालगञ्‍ज र सुर्खेतबाट हवाई उद्दार गर्नुअघि हुम्लामा सतर्कता,पीसीआर परीक्षण व्‍यवस्थापन गर्न माग
+
-

सिमकोट-बन्दाबन्दीले नेपालगंज र सुर्खेतमा अलपत्र परेका माथिल्लो हुम्लाका नागरिकहरुको उद्धार अघि अनिवार्य पीसीर परीक्षणको व्यवस्थापन गर्न जिल्ला बिपद ब्यबस्थापन समितिले माग गरेको छ।

हालसम्म हुम्ला जिल्ला कोरोनाबाट मुक्त रहेको बेला जिल्ला बाहिरबाट अपपत्र नागरिकको उद्धार गर्दा कोरोना संक्रमणको परिक्षण गरि जिल्लालाई सुरक्षित राख्न यस्तो माग गरिएको हो ।

साढे दुई सय भन्दा बढी नागरिकहरु नेपालगंज र त्यति नै सर्खेतमा अलपत्र परेको खबर बाहिरिएपछि उनीहरुको उद्धार माग भै रहेको बेला समितिको मंगलबार बसेको बैठकले कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयबाट अनिबार्य रुपमा उद्धार गर्ने नागरिकको पिसिआर परिक्षणको ब्यबस्था गर्न माग गरेको हो।

समितिले परिक्षण बिना नागरिकहरुलाई जिल्ला नभित्र्याउन पनि आग्रह गरेको छ। हालसम्म कोरोना मुक्त जिल्ला भएको र यसलाई बचाई राख्न पनि जिल्लाबाट माग आउने गरेको छ । पिसिआर परीक्षण गरि जिल्लामा भित्रिने नागरिकहरुको क्वारेन्टिनको ब्यबस्था गर्न क्वारेन्टिन ब्यबस्था समिति पनि गठन गरिने छ।

समितिमा स्वयम सेबक, क्वारेन्टिनमा रहने ब्यक्ति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी रहने र त्यसको सुरक्षा प्रहरी गर्नु पर्नेछ । उद्धार गरिएका ब्यक्तिहरु क्वारेन्टिनमा बस्नका लागि आचार संहिता निर्माण गरि पालनाको ब्यबस्था गर्ने निर्णय समितिले गरेको छ। कोरोना सक्रमण बिरुद्धको सर्तकताका लागि यस्तो बिधि अपनाइएको हो।

कोरोना संक्रमण परिक्षणको प्रमाण पेश गरेका ब्यक्तिहरुलाई मात्र हवाई यात्राका लागि गृहमन्त्रालयलाई अनुरोध गरिनेछ। काठमाडौंमा रहेका सयौ हुम्लाबासीले उद्धारको माग गरेपनि त्यसका लागि समिति भने मौन बसेको छ। समितिको बैठक प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको अध्यक्षतमा बसेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?