गुजरातबाट फर्केका २२ वर्षीय युवकको घर नपुग्दै सुर्खेतमा मृत्यु, पीसीआर परीक्षण हुँदै

गुजरातबाट फर्केका २२ वर्षीय युवकको घर नपुग्दै सुर्खेतमा मृत्यु, पीसीआर परीक्षण हुँदै
+
-

काठमाडौँ – भारतको गुजरातबाट नेपालगञ्ज नाका हँुदै सुर्खेत आइपुगेका एक जना युवाको मृत्यु भएको छ । गाडीमा आउँदै गर्दा असजिलो भएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

गुजरातबाट गाडीमा सुर्खेत आई पुगेका २२ बर्षका युवाको मंगलबार राती १२ बजे तिर अस्पताल लैजाने क्रममा मृत्यु भएको सामाजिक मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए ।

सुर्खेतको चिंगाड गाउँपालिका वडा नम्बर ५ निवासी ती युवा घर फर्कदै गर्दा गाडीमा सिकिस्त बिरामी भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

कोरोना भाइरसको संक्रमणको आशंकामा मृतकको स्वाब संकलन गरि पीसीआरका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।

मृतक युवा लामो समयदेखि बाथरोगबाट ग्रसित भएको खुलेको डा. तिवारीले जानकारी दिए । मृतकको कोरोना परीक्षण रिपोर्ट आएपछि मात्रै शवको अन्तिम संस्कारको टुंगो लाग्ने अस्पतालले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?