रोबोटको प्रयोगले रोजगारीमा कटौती: माइक्रोसफ्टले हटायो दुई दर्जन पत्रकार

रोबोटको प्रयोगले रोजगारीमा कटौती: माइक्रोसफ्टले हटायो दुई दर्जन पत्रकार
+
-

एजेन्सी- आर्टिफिसियल इन्टेलिजेन्सले काम गर्न थालेपछि माइक्रोसफ्टले दुई दर्जन पत्रकारलाई कामबाट हटाएको छ।

माइक्रोसफ्टले चलाउँदै आएको समाचार वेबसाइट एमएसएनको गृहपृष्ठ र इडेज ब्राउजरमा काम गर्ने पत्रकारको सट्टामा अब आर्टिफिसियल इन्टेलिजेन्स् सफ्टवेयरमा आधारित रोबोट जडान गरेपछि पत्रकारहरुलाई हटाएको बिजनेस इन्साइडरले जनाएको छ।

बिजनेस इन्साइडरका अनुसार शुक्रबार मात्रै करीब ५० जना पत्रकारहरु अमेरिकामा कामबाट बञ्चित भएका छन् बेलायतमा करीब २७ जना कर्मचारीहरुलाई गृहपृष्ठको कामबाट हटाइएको छ।

यता गार्जियनका अनुसार माइक्रोसफ्टमा कार्यरत कर्मचारी टोलीका एक कमर्चारीले भनेका छन्, ‘मैले लामो समयदेखि कसरी रोबोटले मानिसको जागिर छुटाउनेछन् भन्ने समाचार पढ्दै आइरहेको थिएँ, आज मेरो जागिर रोबोटले गर्दा जाँदैछ।’

यद्यपि उनले मानिसको सट्टामा रोबोटको प्रयोग गर्नु निक्कै जोखिमपूर्ण हुने दाबी गरेका छन्।

हटाइएका उक्त कर्मचारीहरूले खासगरी मुख्य समाचार सम्पादन गर्ने नभई अन्य समाचार वेबसाइटका समाचार माइक्रोसफ्टको वेबसाइटमा हाल्ने काम गर्दै आइरहेका थिए।

त्यसरी हालिने समाचारको हेडलाइन र स्थान सम्पादन गरी मिलाएर हाल्ने गर्नुपर्थ्यो। अब त्यो काम सफ्टवेयरले नै गर्ने भएको छ।

अब उक्त समाचारको सम्पूर्ण काम लण्डनमा रहेको पीए मिडियालाई जिम्‍मा दिइएको छ।

माइक्रोसफ्टका प्रवक्ताले भनेका छन्, ‘हामीले आर्टिफिसियल इन्टेलिजेन्सीको विकास र विस्तारका क्रममा पीए मिडियासँग सहकार्य गरेर एआइ प्रयोग गर्ने भएका हौँ, हामीले रोबोटबाट काम सुरु गरेको माहामारीका कारण होइन।’

यता. पीए कम्पनीका प्रवक्ताले भनेका छन् ‘ हामीले पनि माइक्रोसफ्ट कम्पनीसँग मिलेर काम गर्न पाउँदा निक्कै उत्साहित छौ। हामीले आफ्नो सेवामा कुनै कमी हुन दिनेछैनौँ। हामी उच्चस्तरको सेवा प्रदान गर्नमा तत्पर हुनेछौँ।’

एआइको प्रयोग बढ्दै गएपछि गुगललगायतका ठूला प्रविधि कम्पनीहरूले मानिसको सट्टामा आर्टिफिसियल इन्टेलिजेन्समा लगानी गर्न थालेका छन्।

यसले निकट भविष्यमा धेरैको जागि संकटमा पार्ने चुनौती थपिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?