कहिलेकाहीँ सोच्छु अण्डकोषले अण्डरवेयरको इज्जत बचाइदिएको छ या वास्तवमै अण्डरवेयरले अण्डकोषको संरक्षण गरेको छ? म अलमलमा पर्छु जतिबेला पावनकालमा म रहस्यगुफा पहिल्याउँछु। लाग्छ खोपामा बलिरहेको मैनबत्ती हो यो! रुखसँग मित्रता त्यागेको चरोको गुँड हो यो! वा शरीर घडीको ग्रीनबीच समय हो। स्वतः चलिरहेको छ र शरीरलाई चलाइरहेको छ। घण्टा, मिनेट, सेकेण्डका सुईरा जसरी हात–गोडा–आँखा आदि ईन्द्रिय उपग्रह झै गोलचक्कर मारिरहेछन् र गुँड सम्झिरहेका छन्। यिनले फर्कने बाटो बिराउँदा हुन् त हुनसम्मको अराजकता फैलने थियो। घरविहीनहरुले फैलाएको बबण्डर जस्तो। त्यसैले गुँड नै सही, एउटा खाट अड्ने ओछ्यान नै सही, टाउको अड्याउने एउटा पातलो सिरानी नै सही, अहम् ओत लाउने आर्मचेयर नै सही, केही–न–केही चाहिन्छ घरजिवी हामीलाई।
यस रहस्य गुफाको दर्शन गर्दा लाग्छ, माथि मैले भनेका दुबै कुरा सत्य हुन् सायद। समयकाल परिस्थतिले त्यसको मानक निर्धारण गर्दछन्। अण्डकोष र अण्डरवेयरको सम्बन्ध आदीकालको भन्न सकिन्छ तर अनादी कालको भन्न सक्ने सामर्थ्य ममा छैन। चित्रमा देखिने भगवान र भगवतीहरु पनि सचित्र वस्त्र धारण गरेकै अवस्थामा छन्। अझ घोरिएर हेर्ने हो भने उनीहरुका अण्डकोष र वक्षस्थल छोप्ने कवच कुनै मामुली मलमलरुपि बस्त्र नभएर धातुले बनेको छ । रंग र गन्ध हेर्ने हो भने स्वर्णधातुकै हुनुपर्छ, तसर्थ अण्डरवेयरको प्रचलन प्राचिन नै हो भन्नेमा प्रमाण जुटाउन सहायक भगवानको शरण पनि जायज नै ठानेको छु मैले। तर म आफ्नो समयमा जगतमा हल्लिरहेका रुपवान्, कुरुप सबैको रहस्य गुफा जानेर वा अञ्जानमा देख्नुपरेको छ वा हेर्न अभिसप्त भएकोछु म। फलस्वरुप व्याख्यामा जुटेको छु। तीनको रंग, लाएको अत्तर, गन्धथैलीको स्वभाव र प्रकृति हेर्दा म रोकिने सक्ने अवस्था किञ्चित हुन सक्दैन। गाैँथलीको विचरण जस्तो नजिकै भएर फेरि टाढा उडिदिने गुणबत्ता बोकेको पाउँछु। र, यसैगरी दृष्यमा बस्न आउने र उडिजाने गुम्फनहरुको सारांश च्यापेर सम्झनाको मल्हम बनाई भलायो जसरी घोट्दै पिलोमा लाउँदै पीडा बिर्साउन खोजिरहेकोछु। यो चिरपरिचत नियति हामी सबैको हो, जो–जो ज–जसले अण्डवेयर धारण गरेका छौं र शरीरलाई चलाइरहेका छौँ। जगतमा शान्ति स्थापना गर्न विवेकी बन्दुक लिएर अनियन्त्रित कामोच्छाको रक्षा गर्दै जाग्रित अवस्थामा बसेका छौँ। तर यसको महत्वको बारेमा कहीँकतै पढ्न पाइँदैन न त सुन्न पाइन्छ जगतमा। आज यसबारेको तत्वज्ञान केलाउने चेष्टा गरेको छु।
पौराणिककालमा हनुमानले कट्टुको भरमा सुमेरु पर्वत उठाएको दृष्य हेरेर लेखक कलाकारहरु प्रभावित भएर होला। हनुमान कट्टुको प्रसिद्धि चीरकालसम्म रहिआयो। त्यसको पनि पुजक मेरा शुभचिन्तकले बटुलेको अण्डरवेयर संग्रह हेरेर मनमनै मलाई चिन्ता वा भनौ एक किसिमको इर्श्या उत्पन्न भइरहेको थियो।
मेरा एकजना चर्चित शुभचिन्तक थिए। जो मेरो निम्ति सधै अशुभ चाहाना मात्र राख्ने योग्यता राख्दथे। मैले उनको स्वभावलाई लिएर कहिल्यै झिकिकटक गरिनँ बरु उनको कुरा सुनिदिएँ र हो … हो … सही हो … भन्दथेँ। त्यसो भन्दियो भने मैले आफ्नो इज्जत थप नष्ट हुनबाट रोक्नसक्ने अवस्था आउँथ्यो। उनी गज्जबको कलाको धनी मानुष थिए। पैसाले मोटाएका उनीसँग पुर्ख्याैली सम्पत्ति थियो। गहना जहावरतका मालिक थिए। नगद नारायण हातमा थियो, उनको झोलामा थियो। उनका औलाको संख्या र तौलभन्दा औठीको संख्या बढी थियो। गज्जवका लाल बादशाह थिए उनी। मेरा शुभचिन्तक, कथित शुभचिन्तक वसले कुल सम्बन्धको योगफलमा सर्वथा मेरो कुभलो मात्र चाहे।
उनको अचम्मको बानी थियो, अजिव व्यहोरा थियो। एकचोटी लगाएको अण्डरवेयर अर्कोपल्ट नलगाउने। उनको अण्डरवेयर प्रसिद्धिले निकै सम्मान पाएको थियो। सबैभन्दा धेरै त उनकी धर्मपत्नीलाई फलिफाप भएको थियो। खानदानी रवाफ जो बजारमा फैलिएको थियो त्यसको शीरफूल चन्द्रमा बनेर श्रीमतीको टाउकोमा बसेको थियो। श्रीमान् शुभचिन्तक पनि के कम हरेक पल्टको बजार भ्रमणमा उनी थान–का–थान अण्डरवेयर किनेर ल्याउँथे। अण्डरवेयरको प्रसंग कसैले नउप्काउने मानाैँ कि मान्छेहरु अण्डरवल्र्डको रक्तरञ्जित कुरा गरिरहेका छन् तर मेरा शुभचिन्तकसँग जोडिएको अण्डरवेयरको प्रसंग भने बडो इज्जतका साथ लिन्थे र श्रद्धा प्रकट गर्दथे। मान्छेहरुको अलौकिक कमजोरी के भइदियो भने जुन काम आफू गर्न सक्दैनन् वा आफू इतरका माध्यमबाट सम्भव छैन त्यो अरुबाट भयो भने उसलाई हिरो वा मानक ठानिहाल्ने र मेरुदण्ड झुकाइहाल्ने। यस्तै क्रिया मेरा शुभचिन्तकको प्रसंगमा पनि लागु हुन्थ्यो। उनीसँग घरमा सबैभन्दा धेरै भएका अण्डरवेयरका लागि सबैभन्दा धेरै ठाउँ खाएको थियो। हरेक भित्तामा दराज टाँसिएको थियो। दराजमा ह्यांगर थिए, घर्राहरु थिए। सबै तह र तप्काका बक्सहरु इस्त्री लगाइएका अण्डरवेयरले भरिएका थिए। आखिर उनी यो सब किन गरिरहेका छन्? यसको जवाफ कसैलाई थाहा थिएन। थियो त उनै शुभचिन्तकलाई थाहा थियो, यसो गर्नु पछाडिको रहस्य वा कारण। संकलित अण्डरवेयरका कारण आम मान्छेहरुको धारणामा उनी विशिष्ट कोटीको मान्छेको रुपमा जानिन्थे। ‘एकचोटी प्रयोग भइसकेको अण्डरवेयर फेरि लाउनु भनेको अण्डकोषको अपमान हो!’, उनी भन्थे। तर यो भित्री लुगाको पनि यहाँ के मान र अपमान। धेरैजसो मानुष मानुषीहरु त भक्तपुरे ५५ झ्याले दरवारलाई हाँक दिने लक्षणा बोकेका अण्डरवेयरहरु लाउँथे र बाहिर प्रकाशमा अति प्रज्वलनशिल व्यवहार प्रदर्शन गर्दथे। बाहिरी अवस्था हेर्दा उनीहरुले लगाएको अण्डरवेयरको मनोदशा कस्तो छ भन्ने संसारले चाल पाउँदैनथ्यो र सबैजना जयजयकार मनाउँथे। यसको ठिक विपरीत मेरा शुभचिन्तकको अण्डरवेयर संकलन इज्जतिलो काम थियो वा एकखाले मानसिक रोग थियो कि भन्ने दुविधा मलाई धेरैपल्ट भएपनि उनको तर्क र गुप्तगाथा वर्णनका आधारमा झिनोमसिनो सम्मान ज्यूँदै थियो।
सुनेको थिएँ, अवण्डरवेयरको गाथा पनि निकै गहिरो छ। मुलायम आनन्दीभेष करिब ७ हजार वर्ष पहिले फुन्डोसी शैलीका जापानीजहरुले प्रचलनमा ल्याएका थिए। त्रिभुजीय हिस्सा इतिहासमा निकै महत्वको संकेत बनेको छ चाहे त्यो शिवजीको त्रिशुल होस् वा जिससको क्रुश वा इजिप्सीयनहरुले लाउने लेनिन्को अन्तर्वस्त्र। मेरा शुभचिन्तकका संग्रह र्याकमा अप्रशिद्ध स्वदेशीदेखि विश्व विख्यात ब्राण्डका गुप्तगाथाहरु थिए। उनको घर उर्फ संग्राहलयमा जाँदा मैले पाएका ब्राण्डहरुमा पटारा, सुती, डोरा, बोरा, बक्सर, फकर, फ्यान्ट्यासटिनो, केलभिन क्लन, इम्पेरियो अरमानीदेखि डिसेल, हुँगो बोस, पोलो राल्फ लउरेन, डेरेक रोज, डोलस एण्ड गब्बाना, हानरो, बोन्ड्स, हेन्स, युनिक्लो, डुलुथ आदीसम्मका रंगिविरङ्गी अण्डरवेयर थिए। उनको विशेष तयारीका साथ देखाएको लिङ्गेरी नामक अण्डरवेयरको दर्शन पनि गराए जुन सर्वाधिक महँगो लागुपदार्थ थियो। फगत एक अण्डरवेयर थियो तर मूल्य भने देशका सम्पूर्ण मन्त्रीहरुको कुल तलव बराबर एक अण्डरवेयरको मोल? ओहो ! त्यहीसँगै मित्रले क्रयबिल पनि नत्थी गरेर राखेका रहेछन्। उनले थपे, ‘हेर्नुस् मैले यो यति पर्याे भनेर मूल्य बढाएको होइन तर त्यो मेरो परल मूल्य हो अहिले त बजारभाउ बढ्यो होला।’ जाबो अण्डरवेयरको लागि यति मूल्य हाल्नुपर्ने बाध्यता किन पर्याे उनलाई? धेरैपल्ट सोध्न चाहेर पनि नसोधेको जिज्ञासा थियो मेरो। सायद मेरो जस्तै हविगत अन्य मित्रजनहरु पनि थियो जजसले शुभचिन्तकको अण्डरवेयर ग्यालरी घुमेका थिए वा सुनेका थिए।
पौराणिककालमा हनुमानले कट्टुको भरमा सुमेरु पर्वत उठाएको दृष्य हेरेर लेखक कलाकारहरु प्रभावित भएर होला। हनुमान कट्टुको प्रसिद्धि चीरकालसम्म रहिआयो। त्यसको पनि पुजक मेरा शुभचिन्तकले बटुलेको अण्डरवेयर संग्रह हेरेर मनमनै मलाई चिन्ता वा भनौ एक किसिमको इर्श्या उत्पन्न भइरहेको थियो। सम्बन्ध बाक्लिदै गएपछि चौबाटो वा पार्कमा जोडिएको भ्रुणबन्धको रुपमा घरसम्म आउँछ, निवास गर्छ र अन्तरंग विचरण गर्छ। त्यसपछि मात्र हामी थाहा पाउन सक्छौँ अन्तरयात्राको अनुभव। पहिलो भेटमा विस्तारित हुन खोजेको विजचाह कसरी प्युपा–लार्भा–पुतलीसम्मको अवतारमा बेरिएर पिँधसम्म पुग्दछ। शुभचिन्तकको महान संग्रहले मलाई कालजयी तर्क दिएर गयो।
उनी कहाँ छन् के गर्छन् अचेल मलाई कुनै सूचना छैन तर म विश्वस्त छु उनको संग्रहमा नयाँ मुलायम अण्डरवेयरहरु आइरहेका छन्, उनी छोडाइरहेका होलान्। ती धन्य उनकी श्रीमतीको हाल कल्पेर म खुसामद गर्छु, हाय मेरो के हाल होला? जो म डाँक टिकट संकलनबाट, सिनेमा स्टारहरुका पोस्टकार्ड जम्मा गर्न थालेँ, पछि आएर खोटा मुद्रा बजाउँदै थैली बढाएँ, अहिले नोटको संग्रहमा जुटेकोछु, पुस्तकहरुको संग्रहमा जुटेको छु तर जहिल्यै मलाई मेरा ती स्वनामधन्य शुभचिन्तकको अण्डरवेयर संकलनको बहारीलो सम्झना आइरहन्छ। उनको अनुहारको चमक अध्यारोमा पनि खुलेको देख्छु। मेरा चमत्कारी गोप्यथैलीका मालिक। कहाँ छन् होला आजभोली? मरे कि बाँचे? मेरो हरेक दिनचर्यामा उनी रहस्यमयी तबरले सम्झनामा आइपुग्छन्। मेरो (अ)शुभचिन्तकलाई लच्किलो मुलायम सय प्रतिशत सुतीले बनेको स्वदेशी खजाना हानमान् ब्राण्डको उज्यालो शुभकामना सम्झना, यो दिनमा सूर्यमार्फत चार्ज हुन्छ र अध्यारोमा स्वतः सक्रीय हुन थाल्छ।

भर्खरै
लोकप्रिय






































































































































































































