कोरोनासँग जुध्न स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

कोरोनासँग जुध्न स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी
+
-

काठमाडौँ- कोरोना भाइरस संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै जाँदा सरकारले नेपालमा स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको तयारी गरेको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार भन्दा धेरै कोरोना भाइरसका सक्रमित देखिएकाले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाकाे  तयारी गर्ने निर्णय गरेको छ।

बुधबारसम्म कोरोना भाइरसको संक्रमण २३०० जनामा फैलिसकेको छ भने यसका कारण ९ जनाको ज्यान गुमिसकेको छ।

संक्रमित दुई हजार नाघेपछि ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद अवस्था’ आकर्षित हुने भएको हाे।

‘कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ मा विश्वव्यापी प्रक्रियानुसार संक्रमितको संख्या र अवस्थाका आधारमा महामारी स्तर निर्धारण गरिएको छ ।

उक्त योजनामा दुई हजारदेखि पाँच हजारसम्म सङ्क्रमित पुगेपछि ‘लेभल–२’ मानिने र सो स्थितिमा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद अवस्था’ घोषणा हुन सक्ने उल्लेख छ ।

लकडाउन ७२ औँ दिनमा पुग्दा देशभरिको जनजीवन प्रभावित भएको छ भने आर्थिक गतिविधि ठप्प हुँदा ठूलो संख्यामा नागरिकहरु अप्ठ्यारोमा धकेलिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे छलफल गर्न बालुवाटारमा बुधबार विज्ञहरुको भेला पनि बोलाएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष