शव व्‍यवस्थापन सम्बन्धि संशोधित कार्यविधि जारी

अन्य स्पष्ट कारणले मृत्यु भएको भए कोरोनाबाट मृत्यु भएको नमानिने व्‍यवस्था

अन्य स्पष्ट कारणले मृत्यु भएको भए कोरोनाबाट मृत्यु भएको नमानिने व्‍यवस्था
+
-

काठमाडौं – नेपालमा अब अन्य कुनै स्पष्ट कारणले मृत्यु भएको देखिए कोरोना संक्रमित भएपनि त्यसलाई कोरोनाका कारण मृत्यु भएको नमानिने भएको छ।

सरकारले ‘कोभिड-१९ का कायण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधी संसोधन गर्दै कोरोनाले मृत्यु हुनेको परिभाषा संसोधन गरेको हो। चोटपटक वा अन्य स्पष्ट कारणले मृत्यु भएको भए त्यसलाई कोरोनाका कारण नमानिने उल्लेख छ।

संसोधित कार्यविधीको पहिलो नम्बरमा लेखिएको छ- कोभिड-१९ निगरानी प्रयोजनका लागि कोभिड-१९ बाट मृत्यु भन्नाले कुनै अन्य स्पष्ट कारण र कोभिडसँग सम्बन्धित नहुने (जस्तै गम्भिर चोटपटक) र क्लिनिकल चिन्ह, लक्षणहरु र निदानका आधारमा सम्भावित वा पुष्टी भएका केशहरुलाई भन्ने बुझ्नु पर्छ। कोभिड-१९ ले विरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पुर्णत : निको नभएको हुनुपर्छ।

यसैगरि कोरोनाका कारण मृत्यु भएको शवको परम्परागत चली आएका अन्त्येष्टी गर्ने स्थानमा नै विशेष सावधानी अपनाई अन्त्येष्टी गर्ने व्यवस्था उल्लेख गरिएको छ।

सरकारले समयमै स्पष्ट कार्यविधि जारी नगर्दा मुलुकमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन र अन्तिम संस्कारमा ठूलो चुनौती देखिएको थियो।  त्यसले थप संक्रमणको जोखिम समेत बढाएको थियो।

सरकारद्वारा गठित कोभिड-१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसीले)ले संशोधन गरी पठाएको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन र जिम्मेवारी बाँडफाँट सम्बन्धी कार्यविधि संशोधन गरेर स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएकोमा करिब दुई महिना बितिसक्दा पनि मन्त्रालयले स्वीकृत  गर्न सकेको थिएन।

स्पष्ट कार्यविधिको अभावले स्थानीय तह, सम्बन्धित अस्पताल व्यवस्थापन पक्ष, नेपाल प्रहरी र नेपाली सेनाबीच एक अर्काको भर पर्ने र आस गर्ने स्थिति देखा परेको छ। त्योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको शव लामो समयसम्म अलपत्र पर्न थालेका छन्।

यसअघि कोरोना भाइरस संक्रमणका कारण सम्भावित मृत्युलाई ध्यानमा राख्दै तयार पारिएको कार्यविधि शव व्यवस्थापनमा मात्रै केन्द्रित भएको र त्यसमा जिम्मेवारी बाँडफाँडबारे स्पष्टता नभएकाले सीसीएमसीले कार्यविधि संशोधनसहित स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयल पठाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?