प्रधानमन्त्री ओलीले गरे आगामी मोडालिटीबारे विज्ञहरुसँग छलफल

प्रधानमन्त्री ओलीले गरे आगामी मोडालिटीबारे विज्ञहरुसँग छलफल
+
-

काठमाडाैँ– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र लकडाउनको मोडालिटी लगायतको विषयमा बुधबार साँझ बालुवाटारमा विज्ञहरु तथा सरोकारवालाहरुसँग छलफल गरेका छन्।

२५ जना जनस्वास्थ्य, आर्थिक क्षेत्र र अन्य सरोकारवाला निकायका विज्ञहरुसँग प्रधानमन्त्री ओलीले कोरोना भाइरससँग जुध्दै जनजीवन  कसरी सहज पार्दै लैजाने भन्ने विषयमा रायसुझाव लिएका थिए।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले देशमा स्वास्थ्य संकटकाल लागू गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले यसबारे पनि स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेका थिए।

सरकारले लकडाउन गरेको ७२ दिन पुगिसकेको छ। लामो लकडाउनका वावजुद कोरोनाकाे संक्रमण दर नरोकिएपछि सरकारमाथि लकडाउन खुकुलो बनाउनु पर्ने दबाब बढ्दै गएको छ।

अबपनि लकडाउन खुकुलो नबनाउने हाे भने कोरोनाभन्दा पनि अन्य कारणले सर्वसाधारणको दैनिकीमा समस्याहरु बढ्दै जाने विज्ञहरुले बताउँदै आएका छन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेल नेतृत्वको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्यव समितले पनि प्रधानमन्त्री समक्ष लकडाउनको मोडालिटीमा हेरफेर गर्नुपर्ने प्रस्ताव पेश गरेको छ।

नेपालमा कोरोनाको संक्रमण दर तीब्र बन्दै गएको छ। बुधबार मात्रै २०१ जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेकाे छ भने कोरोनाकै कारण नाै जनाको मृत्यु भइसकेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष