
सिमकोट-कोरोना कहरले सबैतिर महामारी फैलाई रहेका बेला हुम्लामा लकडाउन जारी रहेको बेला त्यसलाई अवज्ञा गर्ने क्रम दिनप्रतिदिन बढीरहेको छ।
ब्यापार व्यवसाय चौपट भएपछि हातमुख जोर्नकै लागि पनि लकडाउनलाई अवज्ञा गर्नु परिरहेको ब्यबसायीले बताउन थालेका छन्।लकडाउन सुरु भएको पहिलो हप्ता र नेपालगंजमा पहिलो संक्रमण देखिए पछि त्रासमा रहेका हुम्लाबासीलाई अरु बेला भने खासै लकडाउनको प्रभाव परेन।
सदरमुकाम सिमकोट बजार भने पूर्ण बन्द रह्यो। तर, किसानहरुले भने मस्तसँग खेतवारीका काम गरि रहे।अझ सदरमुकाम सिमकोट बाहिरका गाउाबस्तीको त कुरौ नगरौ। बरु गाउँबासी मिलेर कृषि काम गर्ने तर अर्को गाउँ जान नपाईनेसम्म नियम बनाएका थिए।
अहिलेसम्म त्यो नियम जारी नै छ । मानिसहरु जिल्ला बाहिर र भारतबाट आउने क्रम जारी नै । कर्णालीमा कोरोना संक्रमण दिन दुई गुना रात चौगुना फैलि रहेको छ। छिमेकी मुगु र जुम्ला जिल्लामा कोरोना कहरकै कारण निषेधाज्ञा जारी रहेको छ। तर, हालसम्म सुरक्षित रहेको भनिएको हुम्ला जिल्लामा बिस्तारै ब्यापार ब्यबसायमा व्यवसायीहरु जुट्न थालेका छन्।
यसो गर्नु उनीहरु बाध्यात रहेको बताउदै आएका छन्। दुई महिनाभन्दा बढी समय ब्यबसाय बन्द गरेर बसेका ब्यवसायी घरभाडा तिर्नकै लागि भएपनि काममा फर्कनु परेको बताउछन्। नेपालगंज र सुर्खेतबाट बिकास निर्माणका सामान र दैनिक उपभोग्य सामान निर्बाध रुपमा भित्रि रहेको छ।
यो पनि सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका लागि बाध्यता रहेको छ। अहिले फेरी स्थानीय प्रशासनले पनि लकडाउनलाई नियममा खुकुलो बनाएको त छैन र निगरानी भने गर्न छोडेको छ। काठमाडौं, नेपालगंज र सुर्खेतमा अलपत्र नागरिकलाई उद्धार गर्नका लागि राजनीति रुपमा नाम कमाउनका लागि पहल भै रहेको पिडित पक्षबाटै गुनासो सुरु भएको छ।
अर्को १४४ जना दुई दिन अगाडी मात्र भारतमा रहेका हुम्ली सुर्खेतमा आएर क्वारेन्टिनमा बसी रहेका छन्। अब बाहिरबाट नागरिक भित्रि रहने र जिल्लामा कडीकडाउ नगर्ने हो भने भोलि हालसम्म कोरोना संक्रमणबाट सुरक्षित रहेको हुम्ला त्यसबाट अछुतो नरहला भन्न सकिन्न।