संकटमा सरुवा तिब्र

दबाब थेग्न नसकेपछि महानिर्देशक श्रेष्ठको सरुवा गर्न स्वास्थ्य मन्त्री ढकाल बाध्य

दबाब थेग्न नसकेपछि महानिर्देशक श्रेष्ठको सरुवा गर्न स्वास्थ्य मन्त्री ढकाल बाध्य
+
-

काठमाडौँ- मागअनुसार समयमै कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि अत्यावश्यक सामग्री व्यवस्थापनमा असक्षमतासँगै त्यसको खरिदमा अनियमितताको आरोप लागेपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको १५ सातामै सरुवा गरिएको छ।

आफू निकट मानिए पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले दबाब थेग्न नसकेपछि बिहीबार श्रेष्ठलाई मन्त्रालय तानेर उनको ठाउँमा लामो समयदेखि मन्त्रालयका विभिन्न महाशाखाको प्रमुखरुपमा काम गर्दै आएका डा. दिपेन्द्ररमण सिंहलाई पठाएका हुन्।

मन्त्रालय उच्च स्रोतकाअनुसार कोरोना भाइरस संक्रमण तिब्र रुपले फैलिने आकंलन भइहरेका बेला श्रेष्ठको छबी विवादास्पद बन्न पुगेको थियो।

‘गत वर्ष चैतमा विवादस्पद कम्पनी ओम्नी इन्टरनेशलसँग स्वास्थ्य सामग्री खरीदमा भएको भ्रष्टाचार र अनियमिततामा मुछिएको आरोप लागेपछि श्रेष्ठ अन्ततः मन्त्रालय तानिएका हुन्,’ मन्त्रालयको उच्च स्रोतले भन्यो।

‘श्रेष्ठ मन्त्रीका प्रिय पात्र थिए। उनलै श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरेका हुन्। मुलुकभर कोराना फैलिएसँगै त्यसको उपचार र परीक्षणका लागि अत्यावश्यक सामग्रीकाे माग बढ्दै  थियो। तर श्रेष्ठले त्यसको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री आफैले उनको सरुवा गरेका हुन्,’ स्रोतले भन्यो।

योसँगै विवादस्पद छवी बनाएका श्रेष्ठलाई स्वास्थ्य सेवा विभागका महानिर्देशकमा नियुक्त गरेर गल्ती गरेका मन्त्री ढकालले अन्ततः त्यसलाई सच्याएनन् मात्रै आफ्नै छवी पनि बचाएका छन्।

नेतृत्व र व्यवस्थापनमा असक्षम मानिएपनि राजनीतिक आडमा महत्वपूर्ण मानिएको मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख बन्न पुगेका श्रेष्ठलाई गत वर्ष फागनु १७ गते मन्त्री ढकालले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त गरेका थिए।

मन्त्री ढकालले महानिर्देशक बनाउन श्रेष्ठलाई ११ औँ तहबाट १२ तहमा बढुवा समेत गर्न भ्याएका थिए।

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा चिकित्सक नियुक्त गर्ने पूर्वअभ्यासलाई तोड्दै मन्त्री ढकालले  श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरेपछि  विवाद चुलिएको थियो। मन्त्री ढकालका लागि श्रेष्ठलाई मन्त्रालय तान्ने त्यो पनि बहाना बनेको छ।

श्रेष्ठ महानिर्देशकमा नियुक्त भएलगत्तै नेपाल चिकित्सक महासंघले विरोध गरेपनि आफ्नो निर्णयबाट पछि नहटेका मन्त्री ढकालले हाल आएर श्रेष्ठको कार्यक्षमतामाथि प्रश्न उठाउँदै उनलाई मन्त्रालय तानेका हुन्।

श्रेष्ठलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ संकट व्यवस्थापन संञ्ञ्चालन केन्द्र (सीसीएमसी)मा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि तोकिएको छ।

अनुभवी र राम्रो काम गरिरहेका भनिएका तत्कालिन विभागका महानिर्देशक डा. रोशन पोखरेललाई मन्त्रालय तानेर मन्त्री ढकालले श्रेष्ठलाई विभागको महानिर्देशकमा लैजाने बाटो खोलेका थिए।

तर अहिले महानिर्देशक नियुक्त भएका डा. सिंहसँग पनि जटिल दायित्वको व्यवस्थापनमा आवश्यक अनुभव नभएको श्रोतले बतायो।

स्रोत भन्छ,‘ डा. पोखरेलसँग मेडिकल सुपरीटेन्डेन्टका रुपमा काम गरेको, स्वास्थ्य सेवा विभागको महानिर्देशक भएर काम गरेको अनुभव डा. पोखरेलसँग भएपनि उनलाई बेवास्ता गरेर मन्त्रीले डा. सिंहलाई महानिर्देशकमा नियुक्त गरेका छन्।’

यता स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल भने बलीको बोको बन्न पुगेका छन्।

स्वास्थ्य सेवा विभाग अन्तर्गतका विभिन्न महाशाखा र जिल्लामा समेत रहेर राम्रो काम गरेका डोटेललाई पनि समयमै स्वास्थ्य सामग्री व्यवस्थापन गर्न नसकेको आरोप  लगाउँदै मन्त्रालय तानिएको छ।  उनले स्वास्थ्य सामग्री व्यवस्थापनका लागि अहोरात्र खटिएर काम गरेकाे महाशाखाका कर्मचारी बताउँछन्।

डोटेलको ठाउँमा यसअघि सोही महाशाखा र सुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतालको निर्देशकको रुपमा काम गरेका डा. रमेश खरेललाई लगिएको छ। डा. खरेल पनि व्यवस्थापमा सक्षम नमानिने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्।

उता मन्त्री ढकालले आफ्नो निजी स्वार्थ पूर्तिका लागि प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमलाई मन्त्रालय तानेका छन्।  स्वास्थ्यमन्त्री खगराज अधिकारीको पालामा पनि गौतम मन्त्रालय आएर काम गरेका थिए।

मन्त्री ढकालले आफू निकट राजविराजमा कार्यरत डा. रञ्जित झालाई त्यहाँस्थित गजेन्द्रनाराय अस्पतालको मेडिकल सुपरीटेन्डेट बनाउनका लागि त्यहाँका मेडिकल सुपरीटेन्डेन्ट समुनलाल दासलाई विराटनगर अस्पताल सरुवा गरेका छन्।

मन्त्री ढकालले विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालकी  मेडिकल सुपरिटेन्डेन्ट संगिता मिश्रलाई प्रसूती गृहको निर्देशकमा नियुक्त गरेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष