स्वास्थ्य मन्त्रालयको लापरवाही

विवादित बनेपछि कोरोनाकाे मृत्यु परिभाषा २४ घण्टामै संशोधन

विवादित बनेपछि कोरोनाकाे मृत्यु परिभाषा २४ घण्टामै संशोधन
+
-

काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको शब व्यवस्थापनसम्बन्धी कार्यविधिमा उल्लेख गरिएको मृत्युको परिभाषा विवादमा मुछिएपछि २४ घण्टा नबित्दै त्यसलाई संशोधन गरेको छ।

मन्त्रालयले बुधबार जारी गरेको संशोधित कार्यविधिमा संक्रमण भए पनि अन्य रोग भएका व्यक्तिको मृत्यु भएमा त्यो संक्रमणबाट मृत्यु नभएको मानिने उल्लेख गरिएको थियो।

उक्त मृत्युको परिभाषालाई लिएर विरोध सुरु भएपछि मन्त्रालयले बिहीबार त्यसमा संशोधन गरेको मन्त्रालय स्रोतले बतायो।

स्रोतका अनुसार उक्त मृत्युको परिभाषा विश्व स्वास्थ्य संगठनको परिभाषा विपरत भएको र यसले कोरोनाको तथ्याङ्क बिगार्ने भएको भन्दै विरोध भएपछि मन्त्रालयले त्यसको परिभाषा परिवर्तन गरेको हो।

स्रोत भन्छ,‘विज्ञहरुसँग छलफल नगरी मन्त्रालयका एक दुई जना चिकित्सकले टेवलमा बसेर यो परिभाषा तयार पारेका थिए। अन्तर्राष्ट्रिय मापदण्ड के छ भन्नेबारे उनीहरुले बेवास्ता गर्दा यस्तो परिणाम आएको हो। यस्ता अन्य कयौँ निर्णय छन् जो विवादमा परेका छन्।’

संशोधित कार्यविधिमा कुनै पनि क्वारेन्टिन(सर्भिलेन्स)मा बसेका कोरोना भारसका लक्षण भएका, त्यसको रिपोर्ट भएका र त्यसबाट गम्भीर भएका बिरामीहरुको मृत्यु भएमा त्यसलाई कोरोनाबाट मृत्यु भएको मानिने उल्लेख गरिएको स्रोतको भनाई छ।

यस्तै कार्यविधिमा कुनै पनि बिरामीको कोरोना पुष्टि भएर उपचार हुने बेला मृत्यु भएमा त्यसलाई पनि कोरोनाका कारण मृत्यु भएको मानिने उल्लेख गरिएको छ।

तर कोरोना भएर निको भएकाहरुको मृत्यु भने कोरोनाबाट मृत्यु भएको नमानिने कार्यविधिमा भनिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष