काठमाडौंमा अध्ययनरत १५० जना विद्यार्थीलाई छिन्चुमा रेडक्रस र युनिसेफले खाना खुवाए

काठमाडौंमा अध्ययनरत १५० जना विद्यार्थीलाई छिन्चुमा रेडक्रस र युनिसेफले खाना खुवाए
+
-

सिमकोट-हुम्लाको खार्पुनाथ गाउँपालिकाबाट काठमाडौंमा अध्ययन गर्दै आएका र उद्धार गरी हुम्ला लग्न लागिएका डेढ सय विद्यार्थीहरुलाई सुर्खेतको छिन्चुमा रेडक्रस र युनियफ सुर्खेतले खाना सहयोग गरेको छ।

बिहीबार बेलुका काठमाडौंबाट छुटेको विद्यार्थीले शुक्रवार करिब साढे एक बजे खानाको व्‍यवस्था गरिएको हो। भोकले लखतरान भएको विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाईटी र युनिसेफ सुर्खेतबाट प्याकेटमा खाना सहयोग भएको उद्धारमा सहभागी शिब रावलले बताए।

उद्धार गरिएका विद्यार्थीहरुमा केही सिमकोट गाउँपालिकाका पनि रहेका छन्। शिनिबार बेलुकाबाट खाना नपाएका विद्यार्थीहरुलाई उक्त खानाले सहयोग मिलेको उनले बताए। सामाजिकभाब अनुसार काठमाडौंबाट उद्धार गरि हुम्ला लग्न लागिएका विद्यार्थीलाई खानाको ब्यबस्था गरिएको रेडक्रस सोसाईटी सुर्खेत शाखाले जनाएको छ।

यी विद्यार्थीहरु अब सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुदै मुगुसम्म गाडीमा जाने छन्।विद्यार्थीहरुलाई कोरोना संक्रमणका बच्नका लागि प्राथमिक सामाग्रीहरु र चिउरा, दाल्मोट र बिस्कुट,पानी सहयोग काँग्रेस हुम्लाका सभापति जयपति रोकाया, पुर्बसभाषद छिमी दोर्जे लामा, इन्जिनीयर उजिर रावतले गरेका थिए।

काठमाडौंबाट उद्धार गरिएका विद्यार्थीलाई तीन दिनमा मुगु गाडीले पुर्याउने छ भने तीन देखि चार दिन पैदल हिडेर खार्पुनाथ गाउँपालिकामा पैदल हिड्नु पर्नेछ। बाटो खाना तथा बस्न पाउने संभावना न्यून रहेको छ। उनीहरु हुम्ला पुगे क्वोरन्टिनमा बस्नु पर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?