कर्णाली प्रदेशमा थप एक सयजनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप एक सयजनामा कोरोना पुष्टि
+
-

सिमकोट-कर्णाली प्रदेशमा शुक्रबार गरिएको कोरोना परिक्षणमा एक सयजना नयाँमा रिपोर्ट पोजेटिभ आएको छ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो।

शुक्रबार नयाँ पिसिआर परिक्षण गरिएका मध्य एक एक जना दोलखा, रामेछाप र गोरखाका ब्यक्ति छन भने बाँकी कर्णाली प्रदेशका पाँच वटा जिल्लाका ब्यक्ति रहेका छन्।

शुक्रवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएका ९७ जना मध्ये ९० जना दैलेख जिल्लाका रहेको कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए।

उनीहरुमा २६ जना दुल्लु नगरपालिकाका रहेका छन् भने महावु गाउँपालिकाका ५७ जना रहेका छन्। त्यसैगरी प्रष्ठिानमै परिक्षण गरिका मध्य जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिकाका तीन जना, हुम्ला जिल्ला चंखेली गाउँपालिका एक जना र जाजरकोट जिल्ला तीन जना गोरखा, रामेछाप र दोलखाका रहेका छन्।

त्यसैगरी शुक्रवारै देश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा दैलेख सुर्खेत र जाजरकोट गरि तीन जनामा कोरोना पुष्टि भएको छ।

कुल कोरोना पुष्टि भएका मध्य दुई जना महिला र ९८ जना पुरुष रहेको र उनीहरु चार वर्षका बालक देखि पचास वर्षका ब्यक्ति रहेका छन् । केही दिन अगाडी भारतबाट आएका थिए।

कर्णालीका हुम्ला र जाजरकोटमा नयाँ कोरोना संक्रमित ब्यक्ति थपिएका छन् । यसअघि कर्णालीमा ३८३ जना कोरोना पुष्टि भएको थियो । तिनहिरु मध्य दुई जनाको मृत्यु भै सकेको छ।

अब कर्णालीमा कुल संक्रमित र मृत्यु भएको संख्या ४८० पुगेको छ । कर्णालीका दश जिल्ला मध्य आठ जिल्लाका कारोना संक्रमितको संख्या पुगेको छ ।
कोरोना संक्रमण बढेसंगै कर्णालीमा त्रास बढेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?