कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १४ पुग्यो, स्याङ्जाका ६० वर्षे पुरुषको आइसोलेशनमै निधन

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १४ पुग्यो, स्याङ्जाका ६० वर्षे पुरुषको आइसोलेशनमै निधन
+
-

काठमाडौँ – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले दिएको जानकारी अनुसार स्याङ्जाका ६० वर्षे पुरुषको कोभिड–१९ बाट मृत्यु भएको हो ।

वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा आइतबार संक्रमण देखिएपछि उनलाई आइसोलेशनमा लगिएको थियो । आइसोलेशनमै उनको मृत्यु भएको जानकारी सोमबार बिहान दिइएको हो ।

नेपालमा अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । पोखरामा मृत्यु भएका स्याङ्जाका यी व्यक्ति तेस्रो हुन्, जो जीवितै रहँदा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अरु ११ जनाको भने मृत्युपछि मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?