अनुसन्धान प्रतिवेदनः महामारी सुरुवातकै चरणमा छ

लकडाउनले युरोपमा जोगायो झण्डै ३१ लाख मानिसको ज्यान

लकडाउनले युरोपमा जोगायो झण्डै ३१ लाख मानिसको ज्यान
+
-

लकडाउनका कारण युरोपका कोरोना भाइरसका कारण मृत्यु हुने सक्ने ३० लाख भन्दा बढी मानिसको ज्यान जोखिएको एक अध्ययनले आँकलन गरेको छ ।

इम्पेरियल कलेज लण्डनको समूहले गरेको अध्ययनले लकडान नगरिएको भए युरोपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या अति धेरै हुने देखिएको उल्लेख छ ।

अनुसन्धानकर्ताले सावधानीका उपायहरुका कारण जनसंख्याको सानो अंशमा मात्रै संक्रमण भएको भए पनि अझै पनि महामारीको सुरुवाति चरणमै रहेकाले जोखिम अधिक रहेको चेतावनी दिएका छन् ।

अर्को एक अध्ययनले पनि विश्वभर भएका लकडाउनले छोटो समयमा धेरै मानिसको जीवन जोगाएको उल्लेख छ ।

इम्पेलियल कलेजले युरोपका ११ देशहरुमा लागु गरिएको लकडाउनसहितका सावधानीको प्रभाव मूल्यांकन गरेका हुन् ।

अस्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नर्वे, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड र बेलयातमा मे को सुरुसम्म लकडाउनको प्रभाव अध्ययनको क्रममा हेरिएको हो । त्यो बेलासम्म ती ११ देशमा कोरोना भाइरसका कारण झण्डै एक लाख ३० हजार मानिसको ज्यान गएको थियो ।

अनुसन्धानकर्ताहरुले लकडाउन नभएको भए कति मानिसको ज्यान जाने थियो भन्ने आँकलन गर्नका लागि ‘डिजिज मोडलिङ्ग’ को प्रयोग गरेका हुन् ।

यसरी उनीहरुले लकडाउन लागु नभएको भए मे ४ सम्ममा ती ११ देशमा कोरोना भाइरसका कारण ३२ लाख मानिसको ज्यान जाने आँकलन गरे ।

यसको अर्थत लकडाउनसहितका प्रतिबन्धात्मक सावधानीले झण्डै ३१ लाख मानिसको ज्यान जोगायो । लकडाउनले बेलायतमा चार लाख ७० हजार, फ्रान्समा ६ लाख ९० हजार तथा इटालीमा ६ लाख ३० हजार मानिसको ज्यान जोगाउन सफल भएको अनुसन्धान प्रतिवेदनमा आँकलन गरिएको छ ।

यो अनुसन्धान प्रतिवेदन नेचर जर्नलमा प्रकाशित भएको छ ।

अनुसन्धानमा संलग्न इम्पेरियल कलेजका डा. सेथ फ्लाक्सम्यानले भनेका छन्, ‘लकडाउनले लाखौँ मृत्युलाई रोक्यो ।’

लकडाउनले ती देशमा ५३ करोड भन्दा बढी मानिसलाई संक्रमणबाट जोगाएको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

तर अनुसन्धानकर्ताले महामारी सकिएको नभई सुरुवाति चरणमै रहेकाले सावधानी र सचेतता अति आवश्यक रहेको बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?