
काठमाडौँ- अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल गर्न निर्धारित नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ।
मगंलबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित बैठक स्थगित भएको हो।
तीन दिन अघि पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा उक्त बैठकको समय निर्धारण गरेका थिए।
संसद्मा संविधान संशोधन प्रस्ताव पेस हुने भएकाले अन्तिम समयमा बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावललाई पनि बोलाइएको थियो। नेकपामा एमसीसीलाई लिएर लामो समयदेखि मत विभाजित छ।
आगामी असार पहिलो साता एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए कार्यान्वयनमा आउने छैन।