लकडाउनको नयाँ मोडालिटी बुधबार घोषणा गर्ने सरकारको तयारी

लकडाउनको नयाँ मोडालिटी बुधबार घोषणा गर्ने सरकारको तयारी
+
-

काठमाडौँ– सरकारले भोलि बुधबार आगामी लकडाउनकाे ढाँचा टुंगो लगाउने भएको छ।

आजलाई निर्धारित मन्त्रिपरिषद बैठक भोलि दुई बजे बस्ने र उक्त बैठकले लकडाउन ढाँचाको टुंगो लगाउने एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार सरकारले दसैंसम्म लकडाउन लम्बाउन परे चार चरण, तिहारसम्म लम्ब्याउन परे पाँच चरणमा गरि लकडाउन खोल्नेछ।

यसअघि सीसीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ। लकडाउनका कारण मुलुककाे अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब परेको छ।

आज निर्धारित बैठक संसद बैठकको कारण देखाउँदै स्थगित गरेको ती मन्त्रीले बताए।

पहिलो चरणमा उद्योग, कलकारखाना चलाउन दिने, दोस्रो चरणमा निजी सवारी साधन संचालन गर्न दिने, तेस्रोमा सार्वजनिक सवारी साधन र आन्तरिक हवाई सेवा चल्न दिने, पाँचौमा पठनपाठन, सिनेमा, होटेल, रेस्टुरेन्ट, धार्मिक संस्था खोल्न दिने सरकारको योजना छ। एक–एक महिनाको परीक्षण गर्ने सरकारको योजना छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष