
काठमाडौँ – काठमाडौँको माइतीघरमा प्रदर्शनकारीहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता च्यातेका छन् ।
राष्ट्रघाती एमसिसी खारेज गर्न माग राख्दै केही दिन यता लगातार प्रदर्शनमा रहेका युवा–विद्यार्थीहरुको समूहले सम्झौता च्यातेकाे हो ।
एमसिसी सम्झौता च्यात्दै उनीहरुले यसको विरोधमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको संकेत गरेका छन् । तर सत्तापक्षले भने एमसिसी सम्झौता पारित गर्ने बताइरहेको छ ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले एमसिसी सम्झौता तोडेर अन्तराष्ट्रिय सम्बन्ध बिगार्ने पक्षमा सरकार नरहेको बताएका थिए ।