वितरण सूचीसहित 

‘जिटुजी’ मार्फत खरिद स्वास्थ्य सामग्रीको वितरण पनि सीसीएमसीकै कार्यादेश 

‘जिटुजी’ मार्फत खरिद स्वास्थ्य सामग्रीको वितरण पनि सीसीएमसीकै कार्यादेश 
+
-

काठमाडौँ– स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी रक्षा मन्त्रालयले नेपाली सेनामार्फत खरिद गरेका कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका अत्यावश्यक सामग्री वितरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्नुपर्ने भन्दै विवाद सिर्जना गर्न आवश्यक नभएको स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका अधिकारीहरुले बताएका छन्।

सरकारद्धारा निर्दिष्ट कार्यदेशलाई बेवास्ता गरेर ‘जिटुजी’ विधिबाट खरिद गरेका सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण नगरेको भन्दै सेनालाई विवादमा तान्ने प्रयास भइरहेका बेला मन्त्रालय र विभागका  अधिकारीहरुले स्पष्टरुपमा त्यस्तो बताएका हुन्।

स्वास्थ्य मन्त्रालयले सम्झौता गरी निजी कम्पनीमार्फत सामग्री झिकाउने र वितरण गर्ने व्यवस्था मात्रै पर्याप्त नभएको भन्दै सरकारले ‘सीसीएमसी’को व्यवस्था गरेको र त्यसबाट ‘जिटुजी’ विधिबाट र मन्त्रालयबाट समेत खरिद गरेको सामग्री आपसी समन्वयमा समयमै, व्यवस्थित र पारदर्शीरुपमा वितरण गर्ने कार्यदेश सीसीएमसीले पाएको थियो।

सीसीएमसीका चार वटा ‘अप्रेसन’ मध्ये स्वास्थ्य सामग्रीको आपूर्ति तथा अत्यावश्यक सेवा सहजीकरण कार्य (लजिष्टक अप्स) को नेतृत्व गरिरहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिहं मुलुकमा अहिलेसम्मकै सबैभन्दा ठूलो संकट आइलागेको र त्यसको नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण कसलाई हस्तान्तरण गर्नपर्ने, कसलाई गर्न नपर्ने भन्दै विवाद सिर्जना गर्न आवश्यक नरहेको बताउँछन्।

उनी भन्छन् ,‘ हामीले महामारीविरुद्धको लडाईँ सफल पार्नु छ। यस्तो संवेदनशिल विषयमा यो त्यो भनेर बोल्दै हिड्न हुन्न। सीसीएमसी, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको आ–आफ्नो भूमिका र जिम्मेवारी स्पष्ट छ। त्यसैअनुसार ‘होल अफ नेशन’ को रुपमा काम गर्न आवश्यक छ। त्यसका लागि हामी लागि रहेका छौँ।’

‘जिटुजी’ विधिबाट खरिद गरिएका सामग्री स्वास्थ्य मन्त्रालयलाई जानु पथ्र्यो? भन्ने प्रश्नमा डा.सिह थप्छन्,‘जानु कहाँ पथ्र्यो भन्दा पनि पुग्नु कहाँ पथ्र्यो भन्ने महत्वपूर्ण कुरा हो अहिलेको अवस्थामा। आवश्यकता भएका स्थानामा त्यो पुग्नु पर्छ। कुरा त्यति हो’

सरकारले औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक वस्तु वा सेवाको आपूर्ति गर्ने सीसीएमसीको कार्यक्षेत्र तोकको छ।  यस्तै औषधि उपकरण तथा स्वास्थ्य सामग्रीहरुको आपूर्ति सुनिश्चित गर्ने/ गराउने, सामाग्री वितरणको प्राथमिकता तोक्ने र त्यसको कार्यान्वयन गराउने कार्यदेश पनि सीसीएमसीले सरकारबाट प्राप्त गरेको छ।

त्यसका आधारमै जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(डिसीसीएमसी) सँग समन्वय गरि आवश्यकताका आधारमा सम्बन्धीत स्वास्थ्य संस्थामा सीसीएमसीले सामग्री पुर्याएको हो।

सीसीएमसीले सबै प्रदेशका जिल्लाहरु, कोभिड-१९का तहगत अस्पतालहरु र प्रदेश आपूर्ति केन्द्रमा सामग्री वितरण गरेको छ।

तर राजनीतिक फाइदाका लागि सामग्री वितरण गरिरहेको आरोप खेपेको  स्वास्थ्य मन्त्रालय र सेवा विभागले ‘जिटुजी’ विधिबाट खरिद नगरेका   सामग्री उपलब्ध गराउन आनाकानी गरिरहेको सीसीएमसी स्रोत बताउँछ।

कोभिड-१९ को रोकथाम अभियानको सुरुवाती चरणदेखिनै सामग्री व्यवस्थापनमा खटिएका, सीसीएमसीले ‘राष्ट्रिय आवश्यकताको योजना’ निर्माण गर्दा त्यसमा संलग्न रहेका तर हालै स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा निर्देशकबाट सरुवा गरिएका भोगेन्द्र डोटेल सामग्री वितरणलाई विवाद गर्न जरुरी नभएको बताउँछन्।

उनी भन्छन्,‘सेनाले खरिद गरेको औषधि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्न आवश्यक नै छैन। आवश्यक भएको स्वास्थ्य संस्थामा सबैभन्दा छिटो पुग्नु अहिलेको आवश्यकता हो।तर सीसीएमसी र स्वास्थ्यमन्त्रालयबीच समन्वय भने आवश्यक छ। त्यसका लागि स्वास्थ्यकै उच्च व्यक्तिहरु एमसीसीएमा प्रतिनिधित्व गर्नुहुन्छ। जुंगाको लडाई गर्ने बेला होइन हैन।’

जनशक्ति, साधनस्रोतका हिसावमा बलियो भएका कारण सीसीएमसीमार्फत सेनालााई औषधि र अन्य स्वास्थ्य सामग्री वितरण गर्ने जिम्मा लगाइएको र त्यसअनुसार नै अघि बढ्न आवश्यक छ।

उनी भन्छन्,‘स्वास्थ्यको पनि सिस्टम र च्यानल नभएको होइन।तर सबै क्षत्रेमा ति बलिया छैनन्। यो बेला सबैतिर आवश्यकताअनुसार पुर्‍याउन हामीलाई गाह्रो हुन्छ। स्वास्थ्यले भनेको ठाउँ र मात्रामा सीसीएमसीमाफर्त सेनाले पुर्‍याउँछ भने भने हामीलाई के को समस्या?’

अहिले सीसीएमसी र स्वास्थ्य मन्त्रालयले छु्टाछुट्टै सामग्री वितरण समेत  गर्न आवश्यक नभएको उनको भनाइ छ।

उनी भन्छन्,‘संयुक्त वा एकीकृतरुपमा सामग्री वितरणको काम होस् भन्ने उद्देश्यले पनि सीसीएमसी निर्माण गरिएको हो। स्वास्थ्यमा पहुँचको आधारमा सामग्री लैजान खोज्न प्रवृति जारी छ। यो मैले पनि भोगेका थिएँ। हामीले त आवश्यकता हेर्ने हो। माग त सबैले गर्न सक्छन्।’

सीसीएमसीले यसरी जिल्ला र प्रदेशमा स्वास्थ्य सामग्री वितरण गर्दै


यसैबीच  स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी रक्षा मन्त्रालयले नेपाली सेनामार्फत खरिद गरेका कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका अत्यावश्यक सामग्री कोभिड-१९ संकट व्यवस्थापन सञ्चानल केन्द्र (सीसीएमसी)ले आवश्यकताका आधारमा प्रदेश र जिल्लामा वितरण गरेको छ।

कन्ट्याक्ट ट्रेसिङ, केस इन्भेस्टिगेसन, सीमा नाका, क्वारेन्टिन, स्वास्थ्य संस्था र कोभिड–१९ क्लिनिकमा ती सामग्री वितरणको मापदण्ड समेत बनाएको छ।

चीनसँग ‘जिटुजी’ विधिबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमध्ये नेपाल आएकाक २ हजार क्युबिक मिटर सामग्रीमा ३० प्रतिशत केन्द्रमा ‘स्टक’ राखेको, बाँकी जिल्ला, प्रदेश र कोभिड–१९ लक्षित अस्पतालहरुमा  वितरण गरिएको हो।

सीसीएमसी अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा रहेको आपूर्ति तथा अत्यावश्यक सेवा सहजीकरण कार्य (लजिष्टिक अप्स) मार्फत ती सामग्री वितरण गरिएको सीसीएमसीका एक प्रतिनिधिले बताए।

जिटुजी’ विधिबाट खरिद गरिएका बाँकी सामग्री स्थलत मार्गबाट ल्याउन गोञ्जाओ विमानस्थलबाट ‘लोड’ भइसकेको छ।

देशसञ्चारलाई  प्राप्त सीसीएमसीले वितरण गरेको स्वास्थ्य सामग्री सूची यस्तो छ।

प्रदेश १


सीसीएमसीले  बाग्मती प्रदेश पनि त्यसका जिल्लाहरु, तहगत तीन वटा अस्पतालहरु र प्रदेश आपूर्ति केन्द्रमा सीसीएमसीले स्वास्थ्य सामग्री वितरण गरेको छ।

सीसीएमसीले   प्रदेश १ का १४ जिल्ला, कोभिड–१९ तहगत तीन वटा अस्पताल, प्रदेश आपूर्ति केन्द्रमा एन ९५ मास्क ३१२५, सर्जकल मास्क २६०,०००, पञ्जा जोडी १५६,२०००, गम बुट्स जोडी ४७८, आइआर थर्मोमिटर १३२, भाइजर/चस्मा/पोलीकार्वोनेट चस्मा १८,७३०, गाउन २६,७६५, डिस्पोजेवल प्रोटेक्भि क्लोथिङ २४,९२५ क्याप २०,३०० वायोहर्जाड व्याग ७३१, सु–कभर २,६०० वितरण गरेको छ।

बाग्मती


सीसीएमसीले यो प्रदेशमा पनि सोही आधारमा सामग्री वितरण गरेको छ। सीसीएमसीले  एन ९५ मास्क ४७४०, सर्जकल मास्क, २१४९००, पञ्जा जोडी १५१००० गम बुट्स जोडी  ३५७, आइआर थर्मोमिटर १३५, भाइजर/चस्मा/पोलीकार्वोनेट चस्मा २४,०२०, गाउन ३१,०५०, डिस्पोजेवल प्रोटेक्भि क्लोथिङ २९,०७५, क्याप,२४,८८०, वायोहर्जाड व्याग६०१,सु–कभर५५८२ वितरण गरेको छ।

प्रदेश दुई


सीसीएमसीले यो प्रदेशमा पनि सोही आधारमा सामग्री वितरण गरेको छ।

सीसीएमसीले एन ९५ मास्क १२७०, सर्जिकल मास्क १७२,१००, पञ्जा ११४,२००, गम बुट्स जोडी २४१, थर्मोमिटर १२७, भाइजर/चस्मा/पोलीकार्वोनेट चस्मा१८,५४०, गाउन२६०००, डिस्पोजेवल प्रोटेक्भि क्लोथिङ २३,४५० क्याप,१८,७६०, बायोहर्जाड व्याग ४०५,सु–कभर १०६०  वितरण गरेको छ।

गण्डगी


सीसीएमसीले एन ९५ मास्क १३९०, सर्जिकल मास्क २०१,३००, पञ्जा ११४,८००, गम बुट्स जोडी ३८०, थर्मोमिटर ९३, भाइजर/चस्मा/पोलीकार्वोनेट चस्मा ११,८८०, गाउन १५,९०५ डिस्पोजेवल प्रोटेक्भि क्लोथिङ १४,८५०  क्याप,१२,१४०,बायोहर्जाड व्याग ५९७,सु–कभर ५२०  वितरण गरेको छ।

प्रदेश पाँच


एन ९५ मास्क २५१५, सर्जिकल मास्क ३३७,८००, पञ्जा १८६,००, गम बुट्स जोडी६९५, थर्मोमिटर १३०, भाइजर÷चस्मा÷पोलीकार्वोनेट चस्मा १६,६६०, गाउन २२,६५५, डिस्पोजेवल प्रोटेक्भि क्लोथिङ २०,६७५  क्याप, १६, ९००, बायोहर्जाड व्याग ९८९, सु–कभर १८००  वितरण गरेको छ।

कर्णाली


एमसीसीले एन ९५ मास्क १४५०, सर्जिकल मास्क २१८९००, पञ्जा १२०२००,गम बुट्स जोडी४९७, आइआर थर्मोमिटर ८०, भाइजर/चस्मा/पोलीकार्वोनेट चस्मा ११६००, गाउन १५१३०, डिस्पोजेवल प्रोटेक्भि क्लोथिङ १४२०० क्याप,११३००, बायोहर्जाड व्याग ६३०,सु–कभर १८०० वितरण गरेको छ।

सुदुरपश्चिम


एमसीसीले एन ९५ मास्क १२१०, सर्जिकल मास्क १८३,०००, पञ्जा १०३, ८००, गम बुट्स जोडी ३४५, थर्मोमिटर ८६, भाइजर/चस्मा/पोलीकार्वोनेट चस्मा ११३४०, गाउन१५७१०,डिस्पोजेवल प्रोटेक्भि क्लोथिङ १४२५०  क्याप, ११६००, बायोहर्जाड व्याग ५४५,सु–कभर ५०० वितरण गरेको छ।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष