
काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा छलफल अहिले पनि जारी छ।
एमसीसी सम्झौताको टुंगो लगाउने ,स्थगित पार्टी सचीववालय र स्थायी कमिटी बैठक गर्ने लगायत मुद्दालाई लिएर ओली र प्रचण्डबीच छलफल भइरहेको स्रोतले बतायो।
अहिलेकै अवस्थामा एमसीसी सम्झौता ससदबाट अनुमोदन गराउने मामिलामा ओलीलाई प्रचण्डलगायत सचिवालयका बहुमत नेताले साथ नदिने देखिएपछि ओलीले पछिल्लो पटक निर्धारित सचिवालय बैठक स्थगित गरेका थिए।