दैलेख र सुर्खेतमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

दैलेख र सुर्खेतमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
+
-

सिमकोट-आइतबार कर्णाली प्रदेशको सुर्खेत र दैलेख जिल्लामा थप  ५२ जनामा नयाँ कोरोना संक्रमित भएको पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कोरोना संक्रमित नयाँ पुष्टि भएका हुन।

सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीका अनुसार सुर्खेतमा गरिएको पीसीआर परीक्षणका दैलख जिल्ला नौमुले गाउँपालिका वडा नम्बर १, २, ३, ५,६,७ र ८ का गरि ३५ जना कोरोना संक्रमित थपिएका छन्।

त्यसैगरी आईतबारै सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का एक जना, गुर्भाकोट नगरपालिका वडा नम्बर ५, ११,१२ र १४ वडाका आठ जना, लेकबेशी नगरपालिका वडा नम्बर २ का एक जना र पंचपुरी गाउँपालिका वडा नम्बर १, २, ६ र ७ का पाँच जना गरि १५ जना थपिएका छन्।

यता कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा दैलेख जिल्ला नारायण नगरपालिका वडा न्मबर २ का दुई जनामा पनि कोरोना पुष्टि भएको छ। उनीहरु मध्य उक जना महिला र अन्य पुरुष रहेका छन् । उनीहरु १६ देखि ५८ वर्ष उमरे समुहका रहेका छन्।

अब कर्णाली प्रदेशमा कोरोना सक्रमित संख्यामा शनिबार थप ५२ जना कोरोना भेटिएसँगै कर्णालीमा सक्रमितको सङ्ख्या ९६७ पुगेको हो। आजै दैलेख अस्पतालमा दुईजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठनमा एकजना गरी तीन जनाले कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्।

प्रदेशमा कोरोना सक्रमित मध्य निको हुनेको संख्या ९४ पुगेको छ। कर्णालीमा कोरोनाका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?