
सिमकोट-बुधवार कर्णाली तीन जिल्लाहरु सुर्खेत, दैलेख र कालिकोटमा १८ जनामा कोरोना पुष्टि भएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर बिधिबाट परिक्षण कोरोना पुष्टि भएको हो।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले पछिल्लो पटक सार्बजनिक गरेको बिबरण अनुसार सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ मा एक जना र लेकवशी नगरपालिका वडा नम्बर ३ का एक जना तथा दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर ७ का एक जना र भगवतीमाई गाउँपाकिला वडा नमबर ७ का एक जनामा कोरोना पुष्टि भएको छ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा कालिकोट जिल्ला सान्नीत्रिवेणी गाउँपाकिाल वडा नम्बर २, ३ र ५ मा १४ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु मध्य एक जना महिला र बाँकी पुरुष रहेका छन्।
१८ देखि ५८ वर्ष उमेर समुहका ब्यक्ति रहेका छन् । संक्रमण पुष्टि भएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। अब कर्णालीमा कोरोना पुष्टि भएको संख्या एक हजार एक सय चार जना पुगेको छ।
त्यसैगरी बुधवार मात्र महावु आइसोलेशन सेन्टर दैलेखबाट १०६ जना, दैलेख अस्पतालबाट ४३ जना र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरि जम्मा १५२ जना कोरोना जितेर घर फिर्ता भएका छन्। अब कर्णालीमा कोरोना जित्नेको संख्या ४९४ पुगेको छ ।