यातायात कार्यालय सञ्चालनमा आएसँगै सेवाग्राहीको भीड

यातायात कार्यालय सञ्चालनमा आएसँगै सेवाग्राहीको भीड
+
-

काठमाडौँ– अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु पनि आइतबारदेखि सञ्चालनमा आएका छन्।

अत्यावश्यकमा नपरेको यातायात कार्यालयहरु पनि हाल दुई सिफ्टमा सञ्चालनमा आएका छन्। यातायात कार्यालयहरुमा सवारी चालक अनुमति पत्र नविकरण तथा सवारी दर्ता नविकरण गर्ने काम भइरहेको छ।

जेठ मसान्तसम्म म्याद सकिएकाहरुलाई असार मसान्तसम्म बिना कुनै अतिरिक्त शुल्क वा जरिवाना बिना नविकरण गर्न पाइने व्यवस्था रहेको काठमाडौँको ठूलोभर्‍याङस्थित यातायात कार्यालयका सूचना अधिकारी उपेन्द्र साहले जानकारी दिएका छन्। तर असार लागेपछि म्याद सकिएकाहरुलाई भने जरिवाना लाग्नेछ।

उपेन्द्र साह।

दैनिक ५० जनाको सवारी नविकरण तथा चालक अनुमतिपत्र नविकरणको काम गर्ने गरिएको भए पनि परबाट आएका र पाको उमेरकाहरुको हकमा भने अवस्था हेरेर काम गर्ने गरेको उनले बताए।

यस्तै सन् २०१९ को डिसेम्बरसम्मको स्मार्ट लाइसेन्ट प्रिन्ट भइसकेको र अन्तिमको परीक्षणको काम मात्रै बाँकी रहेको उनले बताए। अबको हप्तादिनपछि वितरणको काम पनि सुरु हुनेछ।

तर महामारीको यो समयमा सावधानी अपनाउँदै सेवाग्राहीको घरमै कार्ड लैजाने व्यवस्था पनि गर्ने तयारी गरेको उनले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?