सुर्खेतमा आत्महत्या गरिएकी युवतीमा कोरोना पुष्टि

सुर्खेतमा आत्महत्या गरिएकी युवतीमा कोरोना पुष्टि
+
-

सिमकोट-सुर्खेतमा आत्महत्या गरेकी एक युवतीको कोरोना पोजिटिभ रिपोर्ट आएको छ। भारतबाट आएकी सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन्।

भारतबाट श्रीमानसहित जेठ १२ गते आएर चौध दिनसम्म क्वारेन्टाइनमा बसेपछि आरडीटी परीक्षणमा रिपोर्ट नगेटिभ आएपछि घर फिर्ता भएकी थिइन्।

जेठ ३० गते घरबाट हराएको र असार १ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

पोष्टमार्टम गर्न मेहेलकुना अस्पताल ल्याएपछि डाक्टरहरूले मृत्तक क्वारेन्टाइनमा बसेकाले कोरोना परीक्षण गर्नुपर्ने भनेपछि स्वाब सङ्कलन गरिएको थियो। बुधबार मृतकको रिपोर्टमा कोरोना पोजिटिभ आएको छ।

शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले मृतक घर गएकाले मृत्तकसँग सम्पर्कमा रहेकाको खोजी कार्य भएको र कोरोना परीक्षण गरिने बताए। यो सहित कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?