
काठमाडौँ – गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान जारी गरेको सूचनामा थप ४२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २८९ पुगेको छ ।
बिहीबार संक्रमण पुष्टि हुनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नरपालिका र गैँडाकोट नगरपालिकाका १८ जना, तनहुँको ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाका १२, मनाङको चामे गाउँपालिकामा कार्यरत कर्मचारी एकजना तथा गोरखाको पालुङटार नगरपालिका र शहीर लखन गाउँँपालिकाका ११ जना रहेका छन् ।
मनाङ्गका संक्रमित हालै कपिलवस्तुबाट त्यहाँ गएको र अरु सबै हालै भारतबाट फर्किएका व्यक्ति रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
थप भएका सबै संक्रमित सम्बन्धित जिल्लाका क्वारेन्टिनमा रहेको र उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भएको उनले बताएका छन् ।