कर्णाली प्रदेशका दैलेख र सुर्खेतमा एकैदिन १२० जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशका दैलेख र सुर्खेतमा एकैदिन १२० जना कोरोना संक्रमित थपिए
+
-

सिमकोट-बिहीबार कर्णालीका दुई जिल्ला सुर्खेत र दैलेखमा १२० जनामा कोरोना पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पिसिआर बिधिबाट परीक्षण कोरोना पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले पछिल्लो पटक सार्बजनिक गरेको बिबरण अनुसार दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ का एक जना,, चामुण्डा बिनद्रशैनी नगरपालिका वडा नम्बर ६ का दुई जना, दुल्लु नगरपालिका वडा नम्बर ३ र ५ का दुईजना , गुराँसे गाउँपालिका वडा नम्बर १ र ५ पाँच जना तथा महावु गाउँपालिका वडा नम्बर २,३,४, ५ र ६ का ७६ जना गरि ८६ जनामा कोरोना पुष्टि भएको छ।

त्यसैगरी सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा तीन जना, ९ मा एक जना, १० मा एक , १२ मा एक जना, वराहाताल गाउँपालिका वडा नम्बर ६ का दुई जना, चौकुने गाउँपालिका वडा नम्बर १ मा एक जना , ४ मा एक जना, चीगाड गाउँपालिका वडा नम्बर ३ मा दुई जना, वडा नम्बर ४ मा छ जना, गुर्भाकोट नगरपालिका वडा नम्वर १३ मा पाँच जना र पंचपुरी नगरपालिका वडा नम्बर १ मा एक जना, ५ मा दुई जना, ६ मा तीन जना, ७ मा एक जना र ९ मा तीन जना र सिम्ता गाउँपालिका वडा नम्बर ८ मा एक जना गरि ३४ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए।

संक्रमण पुष्टि भएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। योसँगै कर्णालीमा कोरोना पुष्टि भएको संख्या एक हजार २२४ जना पुगेको छ। त्यसैगरी बिहीबार मात्र ११ जनाले कोरोना जितेर घर फिर्ता भएका छन्। अब कर्णालीमा कोरोना जित्नेको संख्या ५०५ जना पुगेको छ । मृत्यु संख्या पनि संख्या पनि चार पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?