कर्णाली प्रदेश सभामा विपक्षी काँग्रेसको संकल्प प्रस्ताव दर्ता

कर्णाली प्रदेश सभामा विपक्षी काँग्रेसको संकल्प प्रस्ताव दर्ता
+
-

सिमकोट-नेपाली कांग्रेसले कोरोना महामारीविरुद्ध लड्न कर्णाली प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ।

कांग्रेस संसदीय दलले कोरोना कहर सामान्य नहुँदासम्म सबै पदाधिकारीले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरेर कोभिड–१९ नियन्त्रणमा प्रयोग गर्ने विषयको संकल्प प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेको हो।

कोरोना कहरमा रहेका कर्णालीवासीबाट नेतासहित सरकारी उच्च पदस्थ कर्मचारीहरुबाट उपयोग हुँदै आएका फजुल खर्चप्रति चासो र चिन्ता व्यक्त भइरहेको उल्लेख गर्दै कांग्रेसले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको संकल्प प्रस्तावमा कम्तीमा जारी कोरोनाको संकट सामान्य नहुँदासम्म प्रदेशसभा पदाधिकारी, सदस्यहरु र प्रदेश सरकारका पदाधिकारीहरुले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरी उक्त सवारी साधनलाई कोभिड–१९ नियन्त्रण गर्ने कार्यमा प्रयोग गरौं भन्ने उल्लेख गरिएको छ।

प्रस्तावमा यस कार्यले दोहोरो खर्चमा कमि हुनुका साथै आर्थिक मितव्ययिता हुनुका साथै संकटको बेलामा जनताका प्रतिनिधि र राष्ट्रसेवकको उल्लेखनीय योगदान रहने उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छ जना सांसदले दर्ता गराएको प्रस्तावमा ५० प्रतिशतभन्दा बढी बहुआयामिक गरिवीको दर रहेको कर्णाली प्रदेशमा कोरोनासँग जुध्न र खस्कदो अवस्थाको अर्थतन्त्रलाई जोगाउन पनि फजुल खर्च कटौती आवश्यक रहेको उल्लेख छ।

कर्णाली आर्थिक एवं विकासका सबै सूचकांकहरु र अर्थतन्त्रमा सबैभन्दा पछाडी परेको प्रदेश हो,’ संकल्प प्रस्तावमा भनिएको छ, ‘गरिब प्रदेशका लागि कोरोनासँग जुध्दै खस्कदो अवस्थामा रहेको अर्थतन्त्रलाई जोगाउन प्रदेशसभा, सरकार र हामीसबै मितव्ययी हुन जरुरी भएको सो प्रस्ताबमा उल्लेख गरिएको छ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार प्रदेशसभा नियमावली–२०७४ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको छ। कोरोना संक्रमणको ग्राफलाई अध्ययन गर्दा कर्णालीमा भयावह अवस्था सिर्जना भइरहेको छ, एक महिनाकै अवधिमा एक हजार बढी संक्रमित भएका छन्।

चार जनाले ज्यान गुमाइसकेका बेला संसदीय दलका नेता शाहीले जनताको करबाट खरिद गरिएका सवारी साधनहरु जनताको सेवामा प्रयोग गर्ने उद्देश्यका साथ संकल्प प्रस्ताव दर्ता गराएको बताए।’

कांग्रेस संसदीय दलका नेता शाहीले यसअघिनै कोरोना संकट कम नहुँदासम्मका लागि भन्दै संसद् सचिवालयबाट प्राप्त गाडी फिर्ता गरिसकेका छन्। स्थानीय र प्रदेश सरकारका लागि क्वारेन्टिन निर्माण, आइसोलेसन वार्ड व्यवस्थापन, सम्पूर्ण नागरिकहरुको स्वास्थ्य परीक्षण, एम्बुलेन्सजस्ता अत्यावश्यक कार्यमा आर्थिक
अभावका कारण कठिनाइ सिर्जना भइरहेकाले यस्तो बेला आर्थिक मितव्ययिता अपनाउँदा उल्लिखित कार्यमा सघाउ पुग्ने ठहर कांग्रेस संसदीय दलको छ।

कतिपय स्थानीय तहसँग एम्बुलेन्स नभएको बेला कोरोना संक्रमणका विरामी बोक्नका लागि पनि समस्या हुने भएकोले कांग्रेस संसदीय दलका नेता शाहीले अहिले प्रदेशसभा, सरकार र उच्च पदस्थ कर्मचारीहरुले प्रयोग गरिरहेका सवारीसाधनलाई त्यतातिर लगाउँदा जनतालाई धेरै ठूलो राहत पुग्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?