असार १० गते निर्धारित नेकपा स्थायी कमिटी बैठक

स्थायी कमिटी सदस्यहरुका एजेण्डा पुरानै, अडान यथावत

स्थायी कमिटी सदस्यहरुका एजेण्डा पुरानै, अडान यथावत
+
-

काठमाडौँ– लामो अनिश्चिततापछि सत्तारुढ नेकपाले आगामी असार १० गते बोलाएको स्थायी कमिटी बैठक ६ महिना अघिदेखि चर्को रुपमा उठेका र हालै विकसित मुद्दामा केन्द्रीत हुने भएको छ।

बुधबार अबेर राती राष्ट्रपतिसँगको भेटपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तय गरेको बैठकको मितिबारे बिहीबार दिउँसो औपचारिक जानकारी पाएका स्थायी कमिटी सदस्यहरुले पछिल्लो पटकको स्थायी कमिटी बैठकमा उठेका मुद्दा, त्यसपछि सरकारद्वारा भएका गल्ती, कमिकमजोरी र अमेरिकन मिलिनियम च्यालेञ्ज कम्प्याक्ट(एमसीसी) सम्झौता र आगामी दिन गर्नुपर्ने कामबारे यो बैठक केन्द्रीत हुने देखिएको छ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालले पछिल्लो पटकको स्थायी कमिटी बैठकमा उठाइएका पार्टी एकता सम्बन्धी माग, त्यसपछि सरकारबाट भएका गल्ती, कमिकमजोरी, एमसीसी सम्झौता, कोरोना भाइरसको संक्रमण नियन्त्रणलगायत विषयहरुमा आफूहरुले कुरा उठाउने बताए।

उनले भने, ‘पछिल्लो पटक बसेको स्थायी कमिटी, केन्द्रीय कमिटी बैठकमा समेत उठाइएका कतिपय माग पूरा भएका छैनन्। त्यसपछि पनि सरकारले पार्टीको निर्णय विपरत काम गरिरह्यो एमसीसी सम्झाैता अर्को महत्वपूर्ण मुद्दा छँदैछ छलफलका लागि।’

उनका अनुसार भोलि या पर्सि बस्न सक्ने सचिवालय बैठकले एमसीसीमा सहमति खोज्न नसक्ने र त्यसबारे फेरि पनि स्थायी कमिटी बैठकमा ऐजण्डा बन्ने सम्भावना छ। नेकपाको स्थायी कमिटी बैठक पछिल्लो पटक गत वर्ष मंसिरको ३१ गतेदेखि पुष ६ गतेसम्म बसेको थियो।

उक्त बैठकको माग बमोजिम माघमा बसेको केन्द्रीय कमिटी बैठकले एमसीसी अध्ययन र सुझाव दिनका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो।

उक्त बैठकमा ओली र प्रचण्डले सामूहिक रुपमा आत्मालोचना दोहोर्‍याउनुका साथै आउँदा दिनमा पार्टीको निर्णय विपरित काम नगर्ने र पार्टीको सल्लाहमा मात्रै अघि बढ्ने प्रतिवद्धता जनाएका थिए।

लामो समय लगाएर एमसीसीबारे अध्ययन गरी कार्यदलले प्रतिवेदन तयार पारेको भएपनि त्यसमा खनाल र रावल संशोधन गरेर मात्रै एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा उभिएका छन् भने ज्ञवाली संशोधनको विपक्षमा उभिएका छन्।

यो बीचमा वैशाखमा सरकारले राजनीतिक दल विभाजन र संवैधानिक परिषदसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको र चर्को विरोधपछि त्यो खारेज गरेको घटना, पार्टीभित्र विकसित आफूविरुद्धको समिकरण भत्काउन नेता वामदेव गौतमलाई प्रधामन्त्री बनाउने, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने लगायत ओलीले वैशाखमा राखेका प्रस्तावबारे सदस्यहरुले बैठकमा कुरा उठाउने भएका छन्।

स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रायजसो विवादित सबै विषयले बैठकमा प्रवेश पाउने बताए। तर उनका अनुसार बैठकको समय अवधिले त्यो सबै निर्धारण गर्नेछ। प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाबारे कुरा उठ्ने निश्चित भएपछि वैशाख २५ र ३१ गते पूर्वनिर्धारित स्थायी कमिटी बैठक स्थगित गरेका थिए।

यता जेठ १७ पछि दुई पटक निर्धारित सचिवालय बैठक पनि ओलीकै कारणले स्थगित भएको पृष्ठभूमिमा असार १० गते बोलाइएको स्थायी कमिटी बैठक र त्यसअघि बस्ने सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ।

ओलीमाथि आगामी जुन १५ भित्र एमसीसी सम्झौता कार्यान्वयका लागि संसदबाट अनुमोदन गराउनु पर्ने दबाब बढ्दै गएको छ भने कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न असफल भएको आरोपसमेत लाग्न थालेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष