
सिमकोट-जिल्लाको एउटै गाउँपालिकाबाट ८२५ स्वाब संकलन गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाएका स्वाबको रिपोर्ट नेगेटिभ आएको छ।
दुई दिन लगाएर संकलन गरिएका स्वाब हवाई मार्गबाट सिधा जुम्ला पठाई पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिषठन जुम्लाका निर्देशक डा. मंगल रावलका अनुसार सिमकोट गाउँपालिकावाट आएका ८२५ वटै स्वाबको पिसिआर परिषण रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानले दुई दिन लगाएर स्वाबको पिसिआर परिक्षण गरेको थियो।
यसअघि गाउँपालिकाले आठ वटै वडामा जिल्ला बाहिरबाट भित्रिएर क्वारेन्टिनमा बस्दै आएका ब्यक्तिहरुको स्वाब संकलन गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा सिता एयरमा पठाइएको थियो।
प्रतिष्ठानले जुम्ला, हुम्ला र डोल्पा जिल्लाका संभाबित कोरोना आशंकाका स्वाबहरुको पिसिआर परिक्षण गर्ने जिम्मेवारी पाएको छ । भिटिएम किट बोकेर पाँच देखि छ घण्टा पैदल गएर क्वारेन्टिनमा रहेका ब्यक्तिको स्वाब संकलन गरि जिल्लाबाट सगै परिक्षणका लागि जुम्ला पठाइएको हो।
स्वाब संकलन गरिएका ब्यक्तिहरुको क्वारेन्टिन अबधि भने पुरा भएको छैन । सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले प्रतिष्ठानमा कोरोना संक्रमणको पिसिआर परिक्षण गर्न समय लाग्ने भएको कारण क्वारेन्टिन अबधि अगाडी नै स्वाब संकलन गरि पठाइएको बताए।
गाउँपालिकाका आठ वटा वडामा १३ वटा क्वारेन्टिनहरु स्थापना भएका छन्। उनीहरु सबै काठमाडौं, नेपालगञ्ज र सुर्खेतबाट हवाई तथा पैदल मार्गबाट उद्धार गरिएका हुन । यसअघि सिमकोट गाउँपालिकाले आफै दुई हजार भिटिएम किट खरिद गरेको थियो।