
हाच्छिउँसँगै
उडिगो दश अर्ब
सर्दैछ रोग !
ज्ञान सागर !
उत्ताउलो माझी –‘म’
…..तातोपानीमा !!!
बोली बोलीमा
भद्दा मजाक छ त
ताली कि गाली?
लेख्दिँन भन्थेँ,
टाउको टेक्दै लेख्छु–
खुट्टी देखियो ।
ऋण काढेर
संघीयता जोगाऊ
टाट पल्टाऊ !
पढे हुन्छ नि !
ओम्नी–ट्रष्ट महिमा…
हाच्छिउँ गर्दै ।
कार्पेट फेर्नू
दश अर्ब खर्चिनु
…जितौरी बाँड्नू
जनताहरू
तातोपानी पिउनु
हाच्छिउँ गर्नु ?
एउटा सूर्य !
राप–ताप नदिँदै
किन अस्तायो ???
अदुवा–बेसार!
पानीजहाज स्वप्न
बित्छ असार!
सार–बेसार
कोरोना–लम्पसार
चिनियो वैद्य
र अन्त्यमा देशको सबैभन्दा ठूलो वृद्धाश्रम संसद भवन भएकोले उहाँहरूमा समर्पित
वृद्धाश्रममा
बेसारपानी तात्यो–
सभासद ज्यू ?