मुगु हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोलियो, स्थानीयमा खुसीयाली

मुगु हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोलियो, स्थानीयमा खुसीयाली
+
-

सिमकोट-राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको हिमाली जिल्ला हुम्लालाई छिमेकी मुगु जिल्लाबाट निर्माण भइरहेको लिंक रोडको प्रारम्भिक ट्रयाक खोल्ने कार्य पुरा भएको छ।

बन्दाबन्दीमा बन्द रहेको सडकको निर्माण कार्य दुई हप्ता अगाडि केही मेशिन र कामदारको प्रयोग गरेर सुरु गर्दा सडकको ट्रयाक खोल्ने कार्य पुरा भएको हो।

दक्षिण पुर्बी हुम्लालाई राष्ट्रिय सडक सञ्जालसंग जोड्न निक्कै महत्व राख्ने मुगु हुम्ला लिंक रोडको प्रारम्भिक ट्रयाक खोल्ने कार्य पुरा भएको चंखेली गाउँपालिकाकी उपाध्यक्ष बिमला शाहीले बताइन्। सडकको ट्रयाक खोल्ने कार्य पुरा भएसंगै यति चाँडै सडक जोडिएला भन्ने जनताले  विश्वास नलिएको बेला स्थानीयमा  खुसीयाली छाएको उनको भनाई छ।

सडक जोडिएसँगै हुम्ला जिल्ला पयंटकीय क्षेत्र गमगडी , रारा हुदै जुम्लासँग पनि जोडिएको छ। बन्दाबन्दीकाबिच सडकको प्रारम्भिक कार्य पुरा भएपनि अझै धेरै कार्य गर्न बाँकी रहेको कारण ती कामलाई पनि चाँडो सम्पन्न गर्ने गरि काम अगाडी बढाउन उपाध्यक्ष शाहीले बेलायती अन्तराष्ट्रि सहयोग नियोग ( डिएफआडी ) लाई आग्रह गरिन्।

मुगुको गमगडी देखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलो मिटर सडकको ट्रयाक खोल्ने कार्य पुरा भएको सडक निर्माण गरि रहेको ग्रामीण पहुच कार्यक्रम ( र्याप थ्री ) का परियोजना व्‍यवस्थापक विष्णु बिष्टले बताए।

कामदार र मेशिन दुबै प्रयोग गर्दा सडकलाई निर्धारित मितिमै काम गर्न सकिएको छ । सो सडक निर्माण गर्नका लागि बाह्र वटा एक्साभेटर मेशिन र पचास समुह भन्दा बढी कामदारहरु सहभागी हुदै आउनु भएको थियो। एक समुहमा बीस जना कामदार सहभागी हुन्छन् । सन २०१८ को मार्च अठारबाट उक्त सडकको निर्माण कार्य सुरु भएको थियो।

बन्दाबन्दी सुरु भएपछि रोकिएको सडकको निर्माण कार्य दुई हप्ता अगाडी पून निर्माण सुरु गरिएको थियो । यो चैत्र महिनाभित्र ट्रयाक खोल्ने लक्ष भएपनि कोरोना कहरले त्यो संभब नभएको तर सरकारले पछि सावधानी अपनाएर काम गर्न सकिने निर्णय गरेपछि एक वटा मेशिन, सिमित कामदार लगाएर सडक निर्माण सुरु भएको थियो।

सडकको अधिकाँस क्षेत्रमा चारदेखि पाँच मिटर चौढाई रहेको छ। केही असजिलो क्षेत्रमा भने तीन मिटर पनि काम भएको उहाँले बताउनुभयो । प्रारम्भिक काम सम्पन्न भएपछि अब सडकको स्तरोन्नति गर्ने कार्य पनि बन्दाबन्दीकै बिच सुचार गरिने ब्यबस्थापक बिष्टले बताए । सन २०२० को अक्टोबरसम्म सबै काम सम्पन्न गर्ने गरि काम अगाडी बढाइने कार्यक्रमले जनाएको छ।

कामदारहरुले यो अबधिमा सामाजिक दुरी कायम गर्दै, मास्क, ग्लोब, हेलमेट लगाएर काम गर्नु भएको थियो। त्योसँगै र्‍याप थ्रीले ती कामदारको बिमा सकेत गरेको छ । यस अघि नै सोही परियोजनाले देउलीबाट सलिसल्लासम्म छ किलो मिटर सडकको निर्माण कार्य पुरा भै सकेको छ । सो सडकले सलिसल्लामा कर्णाली करिडोरलाई जोडेको छ। यसबाट सदरमुकाम सिमकोटसम्म सो सडक जोडिने छ।

चार वटा मोटरेबल पुल बन्‍ने

मुगु हुम्ला लिंक रोडमा दुबै जिल्लाका गरि चार वटा खोलामा मोटरेबल पुल आगामी दुई वर्षभित्र बन्नेछन् । ती पुलको पनि बजेटको ब्यबस्था भै सकेको कारण सडक बिस्तारसंगै काम अगाडी बढाउने योजना कार्यक्रमको रहेको छ । हाललाई काठ प्रयोग गरेर अस्थायी पुल बनाएर काम चलाइदै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?