हुम्लाका विद्यार्थी भर्चुअल कक्षाको पहुँच बाहिर

हुम्लाका विद्यार्थी भर्चुअल कक्षाको पहुँच बाहिर
+
-

सिमकोट- सरकारले शैक्षिक सत्रलाई भर्चअल कक्षामार्फत अध्‍ययन अध्‍यापन गराउने भने पनि हुम्लाका अधिकांश विद्यार्थी भर्चुअल कक्षाको पहुँच बाहिर रहेका छन्।

शिक्षा तथा मानब श्रोत केन्द्रले असार १ गतेबाट भर्चुअल शिक्षण पद्धतिको सुरुवात गरेपनि अधिकांशको घरमा टेलिभिजन र रेडियोको सुविबिधा नभएपछि यहाँ विद्यार्थीहरु भर्चुअल क्लास लिनबाट बञ्‍चित भएका हुन।

सिमकोट गाउँपालिकाको बामन्दिर माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थी प्रतिक भण्डारीले सरकारले कोरोना कहरका बेला केही रुपमा भएपनि पठन पाठनका लागि सहयोग पुर्याउन ल्याएको रेडियो र टेलिभिजनबाट गरिने शिक्षणले हुम्लाका अधिकाँस विद्यार्थी पहुँच बाहिर रहेको बताइन्।

सदरमुकामका विद्यालय र केही हुने खानेका छोराछोरीले टेलिभिजनबाट हुने शिक्षा प्राप्त गर्न सकेपनि धेरै विद्यार्थी त्यो पहुँच भन्दा बाहिर रहेको कारण अन्य बिकल्प दिन उनले सरकारलाई आग्रह गरेकी छन्।

यता अविवाभक शिक्षक समेत रहेकी मधु बस्नेतले हिमाली जिल्लाका लागि यो शिक्षण पद्धती उपयोगी नभएको बताउदै हुने खानेलाई सहज भएपनि हुदा खाने भने बिमुख रहेको बताईन । घरमा टेलिभिजन हुनेले असार १ गतेबाटै पठन पाठन सुरु गरेको भएपनि सबैको अबस्था उस्तै नरहेको बताउनु हुने बस्नेतले विद्यार्थीको समस्यालाई ध्यानमा राखेर बिकल्प ल्याउन पर्ने उनको सुझाब छ।

पछिल्लो शिक्षण पद्धती बारे धेरैलाई जानकारी पनि नभएको अवस्था रहेको छ । मानसरोवर नमूना माविका प्रधानाध्यापक अमर बहादुर शाहीले टेलिभिजनबाट शिक्षण गर्ने पद्धति हुम्लाका लागि उपयोगी नभएको बेला पछिल्लो शिक्षण पद्धतीबाट हुम्लाका असी भन्दा बढी प्रतिशत विद्यार्थी छुटेको बताए।

हुम्ला जस्ता जिल्लाका लागि रेडियो शिक्षण बिधि केही रुपामा उपयोगी देखिएको कारण स्थानीय एफएमको रिले स्टेसन स्थपान गर्ने र विद्यार्थीका हातहातमा रेडियो दिने हो भने यसबाट पठन पाठन गर्न सकिने सकिने छ। यसका लागि प्रदेश र स्थानीय सरकारले बिशेष ध्यान दिनु पर्ने आबश्यकता देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?