कांग्रेसको प्रस्तावमा छलफल नहुँदा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

कांग्रेसको प्रस्तावमा छलफल नहुँदा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध
+
-

सिमकोट-शुक्रवार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि नबढाइएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

कांग्रेस संसदीय दलले बिहीबार सभामा छलफलका लागि कोरोना नियन्त्रण सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको थियो। प्रस्तावलाई प्रदेशसभामा प्रवेश नदिएपछि कांग्रेसले वैठक अवरुद्ध पारेको हो।

कांग्रेसले प्रदेशसभामा १७ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले यो स्वीकृत नभएसम्म संसद चल्न नदिने बताए।

कांग्रेसले संसदमा दर्ता गरेको सो प्रस्ताव सभामुख राजबहादुर शाहीले कार्य व्यवस्था परामर्श समितिको बहुमत सदस्यको सुझावको आधारमा अस्वीकृत गरेको जनाएका थिए। सभामुख शाहीले प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले छलफल ल्याउन नचाहेको नभएर केही बुँदा पुनर्लेखनको आवश्यकता रहेको संसदलाई जानकारी गराएका थिए।

तर कांग्रेस नेता शाहीले महामारी सामान्य नहुँदासम्म प्रदेशसभाका पदाधिकारी, सदस्य र सरकारका पदाधिकारीले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरी महामारी नियन्त्रण गर्न गरिएको संकल्प प्रस्ताव पनि अस्वीकृत गरेको र अहिले पनि सार्वजनिक महत्वको प्रस्ताव अस्वीकृत भएका कारणले संसद चल्न नदिने सभामुखलाई जानकारी गराएका थिए।

कांग्रेसका प्रमुख सचेतक हिमबहादुर शाहीले संकल्प प्रस्ताव पुनर्लेखनको व्यवस्था प्रदेशसभा नियमावलीमा नै नभएको बताए।

उनले कोरोनाका कारण जनता ठाडो उठ्नै नसक्ने भएका बेला सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु स्वभाविक भएको भन्दै सभामुख शाहीको पटक पटकको आग्रहपछि पनि प्रतिपक्ष कांग्रेसले सदन अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभाको बैठक शनिबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?