
जनकपुरधाम– जनकपुरधामको जानकी मन्दिर खुलेको एकदिन नबित्दै पुनः बन्द भएको छ।
जानकी मन्दिर बिहीबार ८१ दिनपछि खुलेको थियो तर खुलेको एक दिन नबित्दै धनुषा प्रहरीले पुनः मन्दिर बन्द गराएको हो।
प्रहरीले सबै द्वारहरु शुक्रबार बिहानै पुगेर बन्द गराउनुका साथै त्यहाँ रहेका दर्शनार्थीहरुलाई उत्तरतर्फको द्वारबाट एक–एक गरी प्रवेश गर्न दिएका थिए।
त्यसपछि मन्दिर प्रवेशमा पूर्णरुपमा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहिरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए।
पर्याप्त सुरक्षा सतर्कता नअपनाई मन्दिर खुल्ला गरिएकोले जिल्ला संकट व्यवस्थापन समिति धनुषाले पुनः बन्द गर्न लगाएको उनले बताए।
मन्दिरको मूल ढोकाहरु बन्द रहेपनि दैनिक पूजापाठ जारी नै रहने जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए।