
सिमकोट– कर्णाली प्रदेशमा शनिबार ४६ जना कोरोना संक्रमित थपिएका छन्।
प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेशण प्रयोगशाला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा थप ४६ जनामा संक्रमण पुष्टि भएको हो।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये जाजरकोटका एक जना, दैलेखका १९ जना र सल्यानका २६ जना छन्।
योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या एक हजार २ सय ४५ जना पुगेको छ।
त्यस्तै शनिबार नै प्रदेश अस्पताल सुर्खेतबाट सात जना, लेकबेशी नगरपालिकाको आइसोलेसन सेन्टरबाट दुई जना गरी नौं जना कोरोना संक्रमणमुक्त भएका छन्।
कर्णाली हालसम्म पाँच सय १७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा हालसम्म चार जनाको कोरोनाबाट मृत्यु भएको छ।