चीनसँगको सीमानाका हिल्सामा पहिलो पटक सशस्त्र प्रहरीको बीओपी

चीनसँगको सीमानाका हिल्सामा पहिलो पटक सशस्त्र प्रहरीको बीओपी
+
-

सिमकोट– नेपाल र चीनको सीमाना हुम्लाको हिल्सामा सशस्त्र प्रहरी बलको बार्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ।

देशभरका सीमा क्षेत्रमा बिओपी स्थापना गर्ने क्रममा नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा पहिलो पटक सीमा सुरक्षा चौकी स्थापना भएको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रजाभक्त श्रेष्ठले बताए। उनले एक औपचारिक कार्यक्रमकाबीच सीमा चौकीको उद्धघाटन गरेका थिए।

सीमाको सुरक्षा तथा अन्य अपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्नु वीओपीको पहिलो प्राथमिकता भएको उनले बताए। यससँगै अब दुई देशकाविरुद्ध हुने गतिविधिमाथि पनि निगरानी हुने उनको भनाइ छ।

यसअघि डिआई श्रेष्ठको टोली काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम सिमकोट आएर हिल्सातर्फ गएको थियो। हाललाई उक्त बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पच्चीस जनाको टोली बस्ने छन्।

डिआईजी श्रेष्ठले कर्णाली प्रदेशका सीमा जोडिएका जिल्लामध्ये पहिलो बीओपी हुम्ला जिल्लाको हिल्सा नाकामा स्थापना भएको जानकारी दिए।बीओपी हाललाई भाडाको घरमा बस्नेछ।

शनिबारै बीओपीका लागि यसअघि सिमकोट पुगेको बस्दोबस्तीको सामान, खाद्यान्न र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट हिल्सा ओसारिएको थियो। केही दिन अगाडी मात्र बीओपी स्थापनाका लागि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन बिष्टको नेतृत्वको टोली हिल्सा पुगेर आवश्यक बन्दोबस्ती गरेको थियो।

बीओपीको स्थापनाले सीमा नियमनमा महत्वपूर्ण योगदान पुग्ने प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले बताए।

सीमामा व्यवस्थित रुपमा बीओपी स्थापना हुँदा हुम्लाबासीमा खुशीयाली छाएको हिल्साका होटेल व्यवसायी कर्मा लामाले बताए। बीओपी स्थापनाको निर्णय गतवर्ष नै भएर पनि विभिन्न कारणले स्थापना हुन सकेको थिएन।

यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सिमामा सुरक्षा दिँदै आएको थियो।

अझै नेपाल–चीन सीमानाका नाम्खा गाउँपालिकाको लाप्चा, सिमकोट गाउँपालिकाको चुवाँखोला र चंखेली गाउँपालिकाको टाँकेमा भने सीमा सुरक्षा चौकी स्थापना भएका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?