
सिमकोट-सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्युको मृत्यु भएको छ।
भेरीगंगा गाउँपालिका वडा नम्बर ५को भरेनीमा एक युवकको आईतवार बिहान मृत्यु भएको हो।
मृत्यु भएका युवकको स्वाब परिक्षणका लागि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको नगर स्वास्थ्य इन्चार्ज राजेश बुढाले बताए।
उनका अनुसार मृतकको स्वाब परिक्षण रिपोर्ट आएपछि मात्र दाहसंस्कारको कार्य अगाडी बढाइने छ।
मृतक युवक छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बिताएर जेठ २९ गते घर फर्किएका थिए।
उनको क्वारेन्टिनबाट घर जानु अघि आरडिटी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।
मृतक युवक जेठ १६ गते भारतवाट फर्किएका हुन । स्वास्थ्यकर्मीका अनुसार मृतक युवालाई झाडा पखाला लागेको थियो।