प्रदेश अस्पताल सुर्खेतका पाँचजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

प्रदेश अस्पताल सुर्खेतका पाँचजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
+
-

सिमकोट–प्रदेश अस्पताल सुर्खेतका पाँचजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित पाँच जना प्राविधिकतर्फका स्वास्थ्यकर्मी रहेका छन् ।

संक्रमित मध्य एक जना भिडियो एक्सरेमा कार्यरत र चारजना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरु हुन् ।.

गत जेठ ३ गतेदेखि असार ३ गतेसम्म अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सरेको हुन सक्ने मन्त्रालयको भनाइ छ ।

जेठ ३ र ३२ गते दैलेखका दुई र सुर्खेतका एक जना बिरामी अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएकोमा उनीहरुमा कोरोना संक्रमण देखिएको थियो ।

आकस्मिक कक्षमा उपचार गराइरहेका बिरामीमा कोरोना देखिएपछि अस्पतालले संक्रमितको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेको थियो ।

कार्यालय सहयोगीसहित ४२ जनाको पीसीआर परीक्षण गर्दा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?