
सिमकोट-कर्णाली प्रदेशका सल्यान, सुर्खेत, दैलेख र हुम्ला जिल्लामा गरि २६ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो।
सोमबार कोरोना पुष्टि हुनेमा सल्यान जिल्ला बनकुपिण्डे नगरपालिका वडा न्म्बर ४, ५ र ६ का चार जना, सुर्खेत जिल्ला बराहाता गाउँपालिकाका वडा नम्बर ५ र ६ का चार जना, भेरीगंगा नगरपालिका वडा नम्बर १, २, ३, ६ , ७ , ९ र १३ का ११ जना, बिरेन्दै नगरपालिका वडा नम्बर ३, ४ र ७ मा पाँच जनामा कोरोना पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बताए।
त्यसैगरी दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर ६ का तीन जना र हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका वडा नम्बर ६ का एक जना गरि कुल २६ जनामा कोरोना पुष्टि भएको उनले बताए।
कोरोना पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु पाँच देखि ६४ वषृ उमेर समुहका रहेको र तीन जना महिला र २३ जना पुरुष रहेका छन्।
उनीहरु यी सहित कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार २८७ पुगेको छ।
सोमबारै चौजारी अस्पताल रुकुम पश्चिमबाट नौ जना, सालकोट आइसोलेशन सेन्टरबाट छ जना, मेहलकुना अस्पतालबाट पाँच जना सहित बीस जनाले कोरोना जितेर घरफिर्ता भएका छन्। कोरोना जितेर घरफिर्ता हुनेमा कुल संख्या ५५१ जना पुगेको छ।