
सिमकोट– कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
बुधबार कोरोना पुष्टि हुनेमा सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकामा एक जना, चौकुने गाउँपालिकामा ६ जना, गुर्भाकोट नगरपालिकामा एक जना, पञ्चपुरी नगरपालिकामा पाँच जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
तिवारीका अनुसार दैलेख जिल्लाको भैरबी गाउँपालिका एक जना, नौमुले गाउँपालिकामा एक जना र ठाँडीकाँध गाउँपालिकामा एक जना गरी तीन जना र जाजरकोट छेडगाड नगरपालिकाका एक जना, कालिकोटको शुभकालिका गाउँपालिकाका एक जना, दाङ जिल्ला लमही नगरपालिकाका एक जना र धनुषा जिल्लाको मुखियापट्टी मुशहरनिया गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ।
यस्तै बुधबार नै कर्णाली स्वासथ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा चन्द्रनाथ नगरपालिकाका चार जना, रुपन्देहीको तिलोत्तमा नगरपाकिालका एक जना, सप्तरीको राजविराज नगरपालिकाक एक जना, ताप्लेजुङ आठराई गाउँपालिकाका एक जना र उदयपुरको गाईघाट नगरपालिकाका एक जना गरी आठ जनामा कोरोना पुष्टि भएको हो।
उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएकाो छ। योसंगै अब कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ३५ पुगेको छ।