
सिमकोट-लकडाउनकाबिच हुम्लाको खार्पुनाथ गाउँपालिकाले स्वास्थ्य र पुर्वाधार बिकास कार्यक्रमलाई प्राथमिकता दिदै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट गाउँ सभामा प्रस्तुत गरेको छ।
पालिका केन्द्र याङ्चु बजारमा सञ्चालन भएको गाउँ सभााले पुँजीगत र चालु शिक्र्षकमा ३५ करोड ३८ लाख ८० हजार २६६ रुपियाँको कुल बजेट ल्याएको हो ।
गाउँपालिकाका लागि दुई वर्ष भित्र सबै आबश्यक पुर्वाधारको बिकास गर्ने नीति लिएको आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेटले आम्दानीको श्रोतमा संघीय सरकारवाट प्राप्त हुने २५ करोड ९६ लाखलाई मुख्य श्रोतका रुपमा लिएको छ भने अन्य आम्दानीका श्रोतहरुमा कर्णाली प्रदेश सरकारबाट प्राप्त हुने तीन करोड ६१ लख बीस हजार, संघ र प्रदेश सरकारवाट प्राप्त हुनेराजस्व बाँडफाँडको रकम मध्य पाँच करो ६७ लाख र आन्तरिक आयमा १४ लाख ३६ हजारलाई मानेको छ।
यसवाट आर्थिक सामाजिक र पुर्वाधार विकास लगाएत पाँच वटा क्षेत्रमा बजेट बिनियोजित गरिएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर रालववे बताए । सभाबाट बजेट बुधबारै पारित गरिएको छ।