
सिमकोट-कर्णाली प्रदेशका पाँच जिल्लामा बिहीबार थप ७२ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परिक्षणमा दैलेक, सुर्खेत, कालिकोट, सलयन र जुम्ला कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो।
बिहबिार कोरोना पुष्टि हुनेमा दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वडा नम्बर ४ र ५ का दुई जना, दुल्लु नगरपालिका वडा नम्बर १, ५, ८ र ११ मा पाँच जना, डुगेंश्वर गाउँपालिका वडा नम्बर २ र ५ मा दुई जना, नौमुले गाउँपालिका वडा नम्बर १ तीन जना, नारायण नगरपालिका वडा नम्बर १, ६ र ७ मा चार जना, ठौटीकाँध नगरपालिका वडा नम्बर ५ मा एक जनामा कोरोना पुष्टि भएको छ।
त्यसैगरी सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नम्बर ७ मा एक जना, भेरैगंगा नगरपालिका वडा नम्बर १३ र १४ मा दुई जना, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४, ५, ६, ९ र १२ मा छ जना, चौकुने गाउँपालिका वडा नम्बर ८ मा एक जना, गुर्भाकोट नगरपालिका वडा नम्बर ११ मा एक जना र लेकवेशी नगरपालिका वडा नम्बर ३ मा एक जनामा पनि कोरोना पुष्टि भएको छ।
त्यस्तै कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वडा नम्बर २ मा एक जना, नरहरीनाथ गाउँपालिका वडा नम्बर ३ मा एक जना र शुभकालिका गाउँपाकिाल वडा नम्बर ८ मा एक जनामा पनि कोरोना पुष्टि भएको छ।
त्यस्तै जुम्ला जिल्लाको चनद्रनाथ नगरपालिका वडा नम्बर १५ का एक जना र सल्यान जिल्ला अस्पतालका एक जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
कोरोना संक्रमण पुष्टि भएका उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। योसँगै अब कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ४०७ पुगेको छ। कोरोना जितेर घरफिर्ता हुनेमा कुल संख्या ५५१ जना पुगेको छ।