सरकारविरुद्ध सडक तताउने कांग्रेस नेता महतको चेतावनी

सरकारविरुद्ध सडक तताउने कांग्रेस नेता महतको चेतावनी
+
-

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले ओली सरकारले सत्तामा बस्ने नैतिक आधार गुमाइसकेको बताएका छन् ।

कोरोना महामारीका कारण जनतामा त्रास छाएका बेला सरकारले अभिभाकत्व प्रदान गर्न नसकेको भन्दै उनले सत्तामा बसिरहने नैतिक आधार ओली मन्त्रिमण्डलले गुमाइसकेको टिप्पणी गरे ।

उनले देशभरका क्वारेन्टिनको अवस्था अत्यन्त दयनीय रहेको भन्दै सरकारको आलोचना गरे । हाँच्छियु गरेर कोरोना निको हुने प्रधानमन्त्रीको अभिव्यक्तिले नै यो सरकार जनताको पीडाप्रति उत्तरदायी नरहेको डा. महतले बताए ।

उनले यस्तो रबैया कायमै रहे कांग्रेसले सडक आन्दोलन मार्फत सरकारलाई ठेगान लगाउने चेतावनी दिए ।

अहिले कोरोना कहरका कारण सरकारविरुद्ध सडक प्रदर्शन गर्न नसकिएको बताउँदै उनले सरकार नसुध्रने हो भने कोरोना कहरकैबीचमा सडक तताउन कांग्रेस बाध्य हुने चेतावनी दिए ।

‘कोरोना महामारीका बेला भौतिक दूरी कायम गर्नुपर्ने अवस्था भएका कारण मात्रै हामी संयमित भएका छौँ । राष्ट्रिय जीवन नै संकटपूर्ण अवस्थामा पार्ने काम सरकारबाट भइरहे हामी सडकमा उत्रन बाध्य हुनेछौँ’, उनले भने ।

काठमाडौँको मेघा कलेजमा लिडरशिप डेभलपमेन्ट एलाइन्सद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी नेता महतले संवाददाताहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?