इङ्लिस प्रिमियर लिग

अफ्रिकन खेलाडीको बलमा लिभरपुलको उपाधि यात्रा, यी हुन् नायकहरु

अफ्रिकन खेलाडीको बलमा लिभरपुलको उपाधि यात्रा, यी हुन् नायकहरु
+
-

इङ्ल्यान्डको घरेलु लिग फुटबल इङ्लिस प्रिमियर लिगका रुपमा सुरु भएयता लिभरपुल पहिलोपटक च्याम्पियन बनेको छ, यो सिजन।

अघिल्ला दुई सिजन युरोपियन च्याम्पियन्स लिगमा शानदार प्रदर्शन गर्दै एकपटक विजेता र अर्कोपटक विजेता बनेको लिभरपुल ३ दशकयता घरेलु लिग उपाधिविहिन बनेको थियो। यसअघि लिभरपुलले अन्तिमपटक सन् १९८९/९० मा इङ्ल्यान्डको घरेलु लिग जितेको थियो।

तीन दिनअघि चेल्सीले म्यानचेस्टर सिटीलाई हराएपछि लिभरपुल सात खेल खेल्न बाँकी रहँदा प्रिमियर लिगको यो सिजन विजेता बन्ने निश्चित भएको थियो। लिभरपुलको यो सफलताका मेरुदण्ड हुन् अफ्रिकन खेलाडीहरु।

इजिप्टका मोहम्मद सालह र सेनेगलका सेडियो माने क्लबमा भित्रिएयता लिभरपुलले लगातार पहिचान फेर्दै गएको छ। एक वर्षको अन्तरमा लिभरपुलका भित्रिएका यी दुई खेलाडीको जगमा लिभरपुलले युरोपियन च्याम्पियन्स लिग र प्रिमियर लिगजस्ता ठूला प्रतियोगिताको उपाधि जितेको छ।

 सालह

चेल्सीबाट सन् २०१७ मा लिभरपुलमा स्थानान्तरण भएका  मोहम्मद सालह  यतिधेरै चम्किएलान् भन्ने अनुमान गरिएको थिएन किनभने चेल्सीमा उनी चर्चामै थिएनन्। तर लिभरपुलका लागि इजिप्टका यी खेलाडीको  पहिलो सिजन नै सनसनीपूर्ण रह्यो।

उनले पहिलो वर्ष लिभरपुलका लागि ३६ लिग खेलमा ३२ गोल गरे। उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि भए। लिभरपुल चौथो स्थानमा रहेको थियो।

सालहकै प्रेरणामा लिभरपुल युरोपियन च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो। उनले यो प्रतियोगितामा ११ गोल गरेका थिए, १५ खेल खेल्दै। रियल म्याड्रिडविरुद्ध भएको उपाधि भिडन्तमा सालह घाइते भएर बाहिरिनु लिभरपुलका लागि बिर्सनलायक रह्यो। गत सिजन लिभरपुलले युरोपियन च्याम्पियन्स लिग जित्दा सलाह केन्द्रमा रहे। प्रिमियर लिगमा दोस्रो भयो।

यो सिजन प्रिमियर लिगमा सालहले १७ गोल गरिसकेका छन्। ७ गोलमा असिस्ट गरेका छन्। उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचिमा यो सिजन दोस्रो स्थानमा छन्, लेस्टरका जेमी भार्डीभन्दा २ गोलले मात्र पछाडि।  गत नोभेम्बरमा साविक विजेतासमेत रहेको म्यानचेस्टर सिटीविरुद्धको खेलमा लिभरपुल ३-१ गोलले विजयी हुँदा सलाह नायक बनेका थिए।

म्यान सिटी, लिभरपुलको पछिपछि  थियो। गएको जनवरीमा लिभरपुलले वेस्टहामलाई २-० पराजित गर्दा पनि सलाहले गोल गरेका थिए। यो जितले लिभरपुल प्रिमियर लिगको एकै सिजन सबै टोलीलाई हराउने इतिहासकै पहिलो क्लब बनेको थियो।

माने 

लिभरपुलका लागि सलाहले पहिलो सिजनमै धमाका मच्चाउँदा उनका महत्वपूर्ण सहयोगी थिए सेडियो माने। सेनेगलका यी स्ट्राइकर र सलाहबीच निकै राम्रो तालमेल बनेको थियो।

उनी सलाहभन्दा एक सिजनअघि मात्र लिभरपुल भित्रिएका थिए। मानेले यो सिजन प्रिमियर लिगमा १५ गोल गरेका छन्, सलाहभन्दा दुई गोल मात्र कम। सलाहले जस्तै उनले पनि ७ गोलमा असिस्ट गरेका छन्।

साउथह्याम्पटनबाट स्थानान्तरण भएका मानेको पहिलो सिजन लिभरपुलमा त्यति प्रभावशाली देखिएन। उनले घरेलु लिगमा २७ खेलमा १३ गोल गरेका थिए।

सालह भित्रिएको वर्ष मानेले प्रिमियर लिगमा २९ खेलमा १० गोल गरेभने युरोपियन च्याम्पियन्स लिगमा पनि १३ खेल खेल्दै १० गोल गरेका थिए। गत सिजन उनले प्रिमियर लिगमा २२ गोल गरेका थिए, सालहभन्दा ५ गोल बढी।  च्याम्पियन्स लिगमा ४ गोल योगदान गरेका थिए, सालहभन्दा एक गोल मात्र कम।

यो सिजन प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीविरुद्ध गत नोभेम्बरमा प्राप्त गरेको जितमा मानेले पनि गोल गरेका थिए। सोही महिना एस्टन भिल्लाविरुद्ध भएको खेलमा मानेकाे प्रदर्शन सनसनीपूर्ण रहेकाे थियाे ।

निर्धारित समयको खेल सकिन पाँच मिनेटमात्र बाँकी रहेका बेला एस्टन भिल्ला १-० गोलले अगाडि रहेको थियो। त्यसअघि सिजनभर प्रतियोगितामा खेल नहारेको लिभरपुल ठूलो संकटमा पर्‍यो। यस्तो अवस्थामा मानेको क्रसमा एन्डी रोबर्टसनले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। इन्जुरी समयको चौथो मिनेटमा माने आफैले गोल गरे अनि लिभरपुल २-१ गोलले विजयी भयो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?