काठमाडौँ – विश्वभर एकछत्र राज गरिरहेका सामाजिक सञ्जाल फेसबुकले जातीयता, भेदभाव र गलत तथ्यहरुलाई प्रश्रय दिएको भन्दै विश्वका ब्राण्डेड कम्पनीहरुले त्याग्ने नीति लिएको छ।
पछिल्लो समय अमेरिकामा भइरहेको जातीय भेदभावको गलत विषयवस्तुबारे सामग्रीहरु सेयर गरेको भन्दै विश्वचर्चित ब्राण्ड कोकाकोला, युनिलिभर, होण्डा, भेरीजोन, बेन एण्ड जेरीजले फेसबुक त्याग्ने नीति लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
यसका साथै उनीहरुले जुन १७ देखि नै स्टोपहेट फर प्रोफिट क्याम्पियन मार्फत एनएएसीपी, कलर अफ चेंज र एन्टी-डिफेमेशन लीग लगायतका नागरिक अधिकार समाजको अगुवाइमा प्रदर्शन सुरु गरेको हो।
यता, लेभीका प्रमुख कार्यकारी अधिकृत जेनले भनेका छन्, ‘कम्पनीले जुलाइको अन्त्यसम्ममा फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी रुपमा विज्ञापनहरु बन्द गर्नेछौ। अब हामी फेसबुकमा कुनै पनि प्रकारको विज्ञापन प्रसारण गर्नेछैनौँ।’
यस्तै फेसबुकमार्फत नै आफ्नो ब्राण्ड विस्तारित गरिरहेका ब्राण्ड बेन एण्ड जेरीका सिइओले भनेका छन्, ‘जातीयत असमानताविरुद्ध फेसबुक र इन्स्टाग्राममा कडाइका साथ हाम्रो विज्ञापनहरु बन्द गर्नेछौ।’
यस्तै विश्वभर प्रख्यात ब्राण्ड यूनिलिभरले आफ्नो उत्पादन डोभ र हेल्मनलाई फेसबुकमा प्रचार गर्ने विज्ञानपन रोक्ने जनाएको छ। उसले भनेको छ, ‘ युनिलिभरले फेसबुक, ट्विटर र इन्स्टाग्राममा दिने विज्ञापन यो वर्षको अन्त्यबाट रोक्नेछ।’ साथै उसले त्यहाँ अब उप्रान्त विज्ञापन राख्नुको कुनै सामाजिक मूल्य नरहने समेत दाबी गरेको छ।
यता, फेसबुकमा सिइओ मार्क जुकरवर्गले भनेका छन्, ‘म आशावादी छु की सार्वजनकि स्वास्थ्य र जातीय न्यायको लागि लोकतान्त्रिक विधिबाट फेसबुकले कदम उठाउनेछ र स्वतन्त्र रुपमा आफ्नो मत जाहेर गर्नेछ।’ अब आउने दिनमा सामाजिक सञ्जाल फेसबुकलाई राम्रो क्षेत्रमा मात्रै प्रयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।

फेसबुकलाई त्याग्ने रणनीतिमा रहेका कम्पनीहरु: