चीनमा भेटियो नयाँ प्रकारको भाइरस, कोरोना जस्तै महामारीको रुप लिन सक्ने चेतावनी

चीनमा भेटियो नयाँ प्रकारको भाइरस, कोरोना जस्तै महामारीको रुप लिन सक्ने चेतावनी
+
-

चीनमा नयाँ प्रकारको भाइरस भेटिएको र त्यसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

फेला परेको नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरिएमा त्यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकको भनाई छ ।

यो भाइरस हालै उत्पति भएको र अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा सर्न सक्ने क्षमता रहेको वैज्ञानिकहरुले बताएका छन् । प्रारम्भीक जानकारी अनुसार सो भाइरसमा मानिसमा पनि सर्ने र अन्ततः महामारीको रुप लिन सक्ने क्षमता देखिएको छ ।

सो भाइरस थप परिवर्तन हुन सक्ने र त्यसपछि मानिसमा सहज रुपमा सर्न सक्ने तर्फ वैज्ञानिकको चासो र चिन्ता रहेको छ । अहिले प्राप्त जानकारी अनुसार सो भाइरस व्यक्तिमा सरेमा उबाट अर्को व्यक्तिमा पनि सर्ने देखिन्छ ।

तत्कालका लागि यो समस्याको विषय भने होइन । तर पनि भाइरसलाई नजिकबाट नियाल्नु पर्नेमा वैज्ञानिकको जोड छ ।

भाइरस नयाँ हुँदा मानिसमा त्यससँग लड्ने क्षमताको विकास भएको हुँदैन, सोही कारण धेरैमा फैलिने र जोखिम हुने गर्छ ।

सुँगुरमा देखिएको नयाँ भाइरस सम्बन्धी प्रारम्भीक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ ।

नयाँ इन्फ्लुएन्जा भाइरसमा अहिले कोरोना भाइरसको जस्तै महामारीको रुप लिन सक्ने क्षमता देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?