
सिमकोट-भान्सामा तरकारी भुट्ने क्रममा तातेको तेलको राँको आएर एकजना बालकको अनुहार जलाएको छ।
भान्सामा तरकारी भुट्ने क्रममा प्याज कराईमा राखिसकेको बेला खारिएको तरकारी राख्दा तेलको राँको आउर अनुहार तथा आँखा जलाएको हो।
खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ को छिप्रा गाउँका १३ वर्षका सुरेश रावलको तरकारी भुट्ने बेला तातेको तेलको राँको आएर अनुहार तथा आँखा जलाएको पिडितका बुवा गोपाल रावलले बताए।
तातेको तेलले अनुहार जलाएको छ भने तेलको छिटा दुबै आँखा भित्र परेर देख्न समेत कठिन भएको उनले बताए। तेलले अनुहार र आँखा जलाएका बालक रावललाई बुवा आमाले बोकेर जिल्ला अस्पतालमा पुर्याएकी छिन्।
अस्पतालमा प्राथमिक उपचार भै रहेको र जिल्लामा उपचार गर्न नसकिने भएपछि जिल्ला बाहिर रिफर गर्नु पर्ने अस्पतालले जनाएको छ। अस्पतालले केही उपचार सुरु गरेपनि आँखाका स्वास्थ्यकर्मी बम बोहराले बिरामीको केस जटिल भएको बताए।
उपचार सुरु भएको र सुधार नआए जिल्ला बाहिर रिफर गर्नु पर्ने उनले बताए।आर्थिक रुपमा कमजोर परिवारका सदस्यहरुलाई तातो तेलले अनुहार जलाएका बालकको जिल्ला बाहिर लिएर उपचार गर्न कठिन भएको बुवा रावलले बताए। बालक सहयोगी हातको पखाईमा रहेका छन्।