
सिमकोट-अवरुद्ध भएको एक महिनापछि सिमकोट खार्पु खण्डको सडक यातायात सुचारु भएको छ। ठाँउ ठाउँमा पहिलोले सडक अबरुद्ध गरेको स्थानमा मर्मत गरिएपछि सडक सुचारु भएको हो।
मर्मत गर्ने निकायहरु भएपनि कसैले जिम्मेवारी लिन नमानेपछि वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सिमकोट खार्पु खण्डको आन्तरिक सडक एक महिनापछि सुचारु भएको छ।
पुर्वाधार बिकास कार्यालयका प्रमुख देबी ऐडीका अनुसार आधा दर्जन स्थानमा पहिरोले सडक अबरुद्ध भएको स्थानमा मेशिनबाट पहिरो पन्छाएपछि सडक सुचारु भएको हो। केही स्थानमा भिड फुटेर सडक अबरुद्ध भएको थियो भने केही स्थानमा पहिरोले सडक क्षेत्रको जमिन भाँसिएको थियो । उनका दुई दिन लगाएर मेशिनले पहिरो पन्छाएपछि सडक सुचारु भएको हो।
हिल्सा सिमकोट सडक आयोजना र सिमकोट गाउँपालिकालाई पहिरो पन्छाउन अनुरोध गर्दा कुनै सुनुवाही नभएको गाडी चालक सिंगम भण्डारीले बताउदै सञ्चार माध्यममा खबर आएपछि पुर्बाधार बिकास कार्यालयले पहिरो पन्छाएको जनाए।
यसअघि देश सञ्चार अनलाईनमा पहिरोले पुर्याएको क्षतिको तस्बिर सहितको फोटो प्रकाशनमा ल्याएको थियो। सिमकोट खार्पु खण्डको १२ किलो मिटर दुरीमा आधा दर्जन बोलेरो जीप सञ्चालनमा रहेका छन्।
सो खण्डको सडकको बिस्तार कार्य पनि उक्त कार्यालयले गर्दैछ। पुर्वाधार बिकास कार्यालयले सिमकोट खार्पु खण्डमै पहिलो पटक सडक मर्मत सम्भार समूह गठन गरेर परिचालन पनि गरेको छ। सानातिना पहिरो गएका र ढुंगा खसेका स्थानमा यो समूह सडक सफा गर्नेछ।