होटेल व्‍यावसायीद्वारा घरभाडा र ब्याज छुटको माग

होटेल व्‍यावसायीद्वारा घरभाडा र ब्याज छुटको माग
+
-

सिमकोट-हुम्लाका होटेल व्‍यवसायीहरुले होटेलका लागि घरभाडा छुट र बैंक ब्याज मिनाहाका लागि ब्यबस्था गर्न माग गर्दै ज्ञापन पत्र पेश गर्नु भएको छ।

कोरोना कहरले लकडाउनले तीन महिना बढी होटेल बन्द गर्नु परेपछि कुनै आम्दानी नभएको कारण होटेल व्‍यवसाय घाटामा जाँदा उक्त माग गरिएको हो।

हुम्लामा सञ्‍चालनमा आएका अधिकाँस पर्यटकीय होटेलहरु भाडाको घर र बैंकको ऋणबाट सञ्चालनमा आएको कारण घरभाडा र बैंकको ऋणको ब्याज मिनाहाको ब्यबस्थाका लागि स्थानीय प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरिएको होटेल संघ हुम्लाका अध्यक्ष मिम बहादुर लामाले बताए।

मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने सिजन सुरु भएको बेला भारतीय पर्यटकहरु होटेलमा खचाखच हुनु पर्ने बेला कोरोना संक्रमणका कारण बन्द भएका होटेलहरु घाटामा जाँदा सरकारसंग सो ब्यबस्था गर्न माग गरिएको अध्यक्ष लामाले बताए।

होटेलमा रहेका कामदार मात्र पाल्नु र घरभाडा मात्र तिर्नु परेपछि होटेल ब्यबसायीहरु आत्तिएर सरकारसंग राहतका कार्यक्रम ल्याउन मार्ग गर्न बाध्य भएका हुन्। सदरमुकाम सिमकोट र नेपाल र चीनको सिमाना हिल्सामा डेढ दर्जन पर्यटकीय होटेलहरु स्थापना भएका छन्।

सबै होटेलहरु हाल बन्द अवस्थामा रहेका छन्। ज्ञापन पत्र संघका सचिव विनोद लामाले बाचन गरी प्रमुख जिल्ला अधिकराी चिरन्जीवी गिरीलाई बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै प्रजिअ चिरन्जीवी गिरीले समस्या समधानका लागि माथिल्लो निकायामा ज्ञापन पत्र पठाउने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?